गृहपृष्ठ » मुख्य समाचारदरमखोला लघुजलविद्युत आयोजना वामीद्धारा सञ्चालित विद्युत सेवा अवरुद्ध,उपभोक्ता ३ दिन देखी अन्धकारमा ।।

दरमखोला लघुजलविद्युत आयोजना वामीद्धारा सञ्चालित विद्युत सेवा अवरुद्ध,उपभोक्ता ३ दिन देखी अन्धकारमा ।।

August 23, 2015९७ पटक

गुल्मी भाद्र ६
गुल्मीको वामी गाविस वडा नं १ मा सञ्चालित दरमखोला लघुजल विद्युत परियोजना अवरुद्ध हुदा त्यसक्षेत्रका ३ गाउँ विकास समितिका करिव ९ सय घरधुरी अध्याँरोमा बस्न बाध्य भएका छन् ।
भने विद्युतबाट सञ्चालित उद्योगधन्दा कलकारखाना सञ्चारमाध्यम समेत ठप्प भएका छन् । अविरल बर्षासगै परियोजनाको करिव १० मिटर नहर पहिरोले बगाउदा विद्युत अवरुद्ध भएको विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्मले जानकारी दिनुभयो । साथै विद्युत सञ्चालनमा ल्याउन करिव २ हप्ता लाग्ने समेत उहाँले बताउनु भयो । ८५ किलोवाट क्षमताको उत्पादित विद्युतबाट जिल्लाको वामी,मुसिकोट तथा छिमेकी जिल्ला बाग्लुङको दगातुम्डाडा गरि ३ गाविसका करिव ९ सय घरधुरीका उपभोक्क्ताहरुले अध्यारोमा बस्न बाध्य भएका छन् ।
त्यस्तै गुल्मीकै अर्को खबरमा अबिरल वर्षा सगै गएको पहिरोले गुल्मीको सदरुकाम तम्घास नजिकै एक घरमा क्षती पु¥याएको छ । सदरुकाम तम्घास रेसुङ्गा नगरपालिका वार्ड नं। १० बगाले खोला नजिकै रहेको सुन्तली सुनारको घरको बलेनी पहिरोले बगाँउदा घर जोखिमा परेको छ । आज बिहान गएको पहिरोले सुनारको घरको वलेनी सहित जमिन भासीएपछी घरमा बस्दै आएका सुनारका पाँच परिवार आफन्तको सरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण