शिक्षकको कुटाइबाट बिद्यार्थीको कानको जाली फुट्यो
भक्तपुर, ६ भदौ– ज्ञान र शिक्षा दिने शिक्षकले अस्पतालमा गएर उपचार गर्नुपर्ने गरी भक्तपुरमा विद्यार्थीलाई पिटेको तथ्य सार्वजनिक भएको छ ।
भक्तपुरको कमलविनायकस्थित जेन्युइन सेकेन्डरी इंग्लिस स्कुलका शिक्षकले पिटेर विद्यार्थीको कानको जाली फुटाइ दिएका छन् । गत बिहीबार स्कुलका कम्प्युटर शिक्षक निरञ्जन श्रेष्ठले कुटपिट गरी कक्षा ६ मा अध्ययनरत वर्ष १२ का एरिकप्रताप थापाको कानको जाली फुटाइदिएको भन्दै विद्यार्थी तथा अभिभावकले कारबाहीको माग गरेका छन् ।
– नेपाल समाचारपत्र दैनिकबाट