गृहपृष्ठ » मुख्य समाचार, समचारत्रिशुलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेका भाइको शव भेटियो

त्रिशुलीमा बेपत्ता पूर्वगृहमन्त्री घिमिरेका भाइको शव भेटियो

October 9, 2016३४९ पटक

काठमाडौं २३ असोज । पूर्व गृहमन्त्री एवम् पूर्व मुख्यसचिव माधव घिमिरेसहित त्रिशुलीमा बेपत्ता भएका घिमिरेका भाइ मोहनको शव भेटिएको छ । असोज ९ गते मुक्तिनाथ मन्दिरको दर्शन गरेर काठमाडौँ फर्कने क्रममा चितवनको घोप्टेभिरमा जीप दुर्घटना हुँदा पूर्वगृहमन्त्री घिमिरेसँगै हराइरहेका मोहनको शव शनिबार बिहान भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

nepal-army-rafting-in-trisuli-660x330
चितवन प्रहरीका एसपी बसन्त कुँवरका अनुसार माझीले शव भेटेर प्रहरीलाई खबर गरेका थिए । ‘हामी निरन्तर खोजी गरिरहेका थियौँ, खोला किनारका माझीलाई हामीले भेटिए जानकारी गराउन आग्रह गर्दै आएका थियौँ’, कुँवरले भने, ‘शनिबार बिहान साढे पाँच बजे एक माझीले शव देखेर हामीलाई खबर गरे ।’
चितवन प्रहरीले शव भेट्नेलाई पुरस्कृत गर्ने समेत बताएको थियो । प्रहरीले मृतकको गोजीमा रहेको एटिएम कार्डको आधारमा शव मोहन घिमिरेको भएको बताएको छ ।
माझीले शनिबार बिहान दाशढुंगाको घुमाउने भन्ने स्थानमा शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । ‘माझीले शव देखेपछि ढुंगाको कापमा च्यापेर राखेर हामीलाई खबर गरे’, एसपी कुँवरले भने, ‘हामीले शव घोप्टो परेको अवस्थामा फेला पारेका छौँ ।’ प्रहरीले प्रारम्भिक मुजुल्का तयार गरेर शवलाई चितवनको भरतपुर अस्पताल पठाएको छ ।
असोज ९ गते दुर्घटना स्थलमा घिमिरेकी आमा चैतन्य कुमारी, नारायणप्रसाद काफ्ले र रामचन्द्र कार्कीको शव भेटिएको थियो । बा ९ च १५१३ नम्बरको गाडीसहित बेपत्ता पूर्वगृहमन्त्री घिमिरे र उनका अर्का भाइ प्रकाशको अवस्था अझै अज्ञात छ । दुर्घटनाका घाइते चालक प्रहरी हबल्दार विष्णु राईको भने उपचार भइराखेको छ ।
कान्तिपुरबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण