गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारसंविधानसभा बैठक आज बेलुका ६ बजे बस्दै

संविधानसभा बैठक आज बेलुका ६ बजे बस्दै

August 23, 2015२६८ पटक

ca-parliament-building-nepalकाठमाडौं, ६ भदौ । संविधानसभाको बैठक आज साँझ ६ बजे संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने भएको छ ।

संविधान मस्यौदा समितिले नेपालको संविधान, २०७२ को विधेयक तयार पारेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई शुक्रबार बुझाएको सन्दर्भमा आजका लागि बैठक बोलाइएको हो ।

संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संविधान मस्यौदा समितिले पेस गरेको प्रतिवेदन सभामा प्रस्तुत गर्न बैठक बोलाइएको छ ।

सदनमा संविधानसभा बैठक बस्ने सम्बन्धी सूचना जानकारी गराएपछि मात्रै बैठक बस्नेछ । संविधानसभाको आजको बैठकमा मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

प्रतिवेदनमाथि पहिलो चरणमा सैद्धान्तिक छलफल हुनेछ । प्रमुख तीन राजनीतिक दलले गरेको पछिल्लो सहमतिमा मधेस केन्द्रित राजनीतिक दललगायतका पार्टीले विरोध गरेका कारण दलहरुले सहमतिका लागि प्रयत्न गर्नुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण