गृहपृष्ठ » मुख्य समाचार, समचारबुटवल बसपार्कमा यात्रुहरुको भिड,दुईदिनमा ५० हजार बाहिरिए (फाेटाे फिचर)

बुटवल बसपार्कमा यात्रुहरुको भिड,दुईदिनमा ५० हजार बाहिरिए (फाेटाे फिचर)

October 9, 2016२५४ पटक

भगवती पाण्डे बुटवल,

दसैंको टिकाको दिन आउन केहीदिन मात्र बांकि रहंदा आआफ्नो गृह जिल्ला  जान बुटवलबाट बाहिरिने क्रम बढेको छ ।
कामविशेषले बुटवल तथा आसपासको क्षेत्रमा बसोबास गर्दै आएकाहरु घटस्थापना बाटै जन्मस्थान जाने क्रम शुरु भएपनि पछिल्लो दुई दिन भने झण्डै ५० हजार यात्रुहरु बुटवलबाट बाहिरीएको अनुमान छ ।
बुटवलबाट पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखा“ची, वाग्लुङ, पर्वत, प्यूठान, स्याङजा लगायतका जिल्लामा जानेहरुको संख्या धेरै रहेको यातायात व्यवसायीले बताएका छन् । बुटवल बसपार्कबाट छुट्ने अधिकांश बसहरु गुल्मी, अर्घाखांची र पाल्पाको लागि छुट्ने गरेका छन् ।
बुटवलबाट दैनिक छुट्ने सार्वजनिक सवारी साधन तथा निजी सवारी साधनको संख्याको आधारमा विहिबार र शुक्रबार मात्रै बुटवलबाट करिव ५० हजार सर्वसाधारण बाहिरिएको पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जिवन कुमार बञ्जाडेले बताए ।
रोजगारीको सिलसिलामा भारत गएका एवं विभिन्न पेशा, व्यवसाय तथा अध्ययनका लागि बुटवल बस्दै आएकाहरु दशैं तिहार जस्ता मुख्य चाडपर्वमा आआफ्ना जन्म घर जांने गर्दा यो अवधीमा सवारी साधनको चाप पनि निकै बढ्ने गर्दछ ।
अन्य समयको तुलनामा दसंैको अवसरमा पश्चिम नेपाल बस व्यवसायी संघले ३० प्रतिशत सवारीसाधन थप गरेपनि सहज रुपले यात्रा गर्न नपाएको यात्रुहरुले गुनासो गरेका छन् । त्यस बाहेक अन्य यातायात सम्बद्ध संस्थाहरु मार्फत सञ्चालनमा आएका सवारीसाधन बाट पनि यात्रुहरु बुटवलबाट बाहिरिएका छन् ।
दैनिक रुटमा सञ्चालनका साथै अतिरिक्त सवारीहरु थप गरी यात्रुहरु पठाउदा समेत यात्रुहरुको भिड भने अत्यधिक बढेको छ । यस क्षेत्रको ठुलो संस्था पश्चिम नेपाल बस व्यवसायी संघले काठमाडौं सहित पहाडि जिल्लाहरुमा सवारी थप गरी यात्रुहरु लैजाने काम गरिरहेको भएपनि अझै पर्याप्त भने हुन सकेको छैन ।
संघ मार्फत मात्र अहिले पाल्पा, गुल्मी र अर्घाखांचीमा दैनिक १ सय ६५ भन्दा बढि सवारी साधन पठाइएको बञ्जाडेले बताए । संघ मार्फत सञ्चालनमा आएका सवारीबाट मात्र विहिबार र शुक्रवार गरी बुटवलबाट करिव ३० हजारको संख्यामा सर्वसाधारण बुटवलबाट बाहिरिएका छन् ।
संघले पाल्पा जिल्लामा जाने यात्रुको चाप बढेपछि प्रत्येक १५/१५ मिनेटमा सवारी साधन पठाउने गरेकोमा अहिले विहान ५ बजे देखि सांझ ६ बजे सम्म १०÷१० मिनेटको अन्तरमा सवारीसाधन पठाउने गरेको छ ।
काठमाडौं बुटवल रुटमा मात्रै दैनिक २५ वटा गाडी थप भएका छन् । रात्री, दिवाकालीन र थप गरी दैनिक काठमाडौंमा बाट १ सय बस बुटवल र भैरहवाका लागि आउने गरेका छन् ।
त्यस्तै सिद्धार्थ यातायात, गुल्मी यातायात, श्रीनगर यातायात, देउराली यातायात लगाएका यातायात सम्बद्ध संस्थाहरुले सञ्चालन गरेका सवारीसाधनबाट पनि यात्रुहरु बुटवलबाट बाहिरिने क्रम बढेको सम्बन्धित संघसंस्थाले बताएका छन् । यता पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलले बसपार्कमा आउने यात्रुहरु ठगिन नपाउनु भनी सादा पोशाकमा ठुलो संख्यामा प्रहरी खटाएको बताएको छ ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण