गृहपृष्ठ » मुख्य समाचार, समचारदशैको अवसरमा रोल्पा कारागारबाट ६ कैदि रिहा

दशैको अवसरमा रोल्पा कारागारबाट ६ कैदि रिहा

October 9, 2016२६९ पटक

विनोद डाँगि/लिबाङ रोल्पा, असोज २३ । नेपालिहरुको महान पर्व दशै तथा तिहारको अवसर पारि रोल्पा कारागारबाट ६ जना कैदि रिहा भएका छन ।

freedom-from-jailकारागारमा रहदा राम्रो आचरण देखाएको भन्दै उनिहरुलाई जिल्ला कारागार रोल्पाका सिफारिसमा सरकारले रिहा रिहा गरेको हो । रिहा हुनेमा डाँका चोरिका ५ जना छन भने सवारि ज्यान मुद्धाका १ जना रहेका छन । रिहा हुनेमा डाकाँ चोरि मुद्धाका डुबिडाँडाा २ रोल्पाका ज्ञान बहादुर बस्नेत र ओम प्रकास बस्नेत, जुगेडा ८ अर्घाखाचिका दोर्ण बहादुर बिरकट्टा मगर, तिलपुगं ३ रामेछापका सन्जय भनिने दिपक राना, सौडियार ७ दाङका लोक राज कवर, रहेका छन । यस्तै, सवारि ज्यान मुद्धाका घोराहि नगरपालिका वडा नंबर १ का मंगल चौधरि पनि रहेको जिल्ला कारागार रोल्पाका असइ कुल बहादुर रावतले जानकारि दिनुभएको छ । उनिहरुलाइ यसपटक सफाइ दिइएपनि अर्कोपटक पुन मुद्धा परे पटके केस लाग्ने र उत्त केसमा सजाय दोब्बर हुने रावतले जानकारि दिनुभयो । प्रत्यक बर्ष सरकारले विभिन्न राष्ट्रिय पर्वको अवसर पारेर कैदिबन्दिहरुलाई रिहा गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण