बिजयादशमी बिशेष गजल – “मर्ने भो पक्का”
दशैँ बन्दैछ दशा गरिब मर्ने भो पक्का
के गरोस ऊ बिचरा गरिब मर्ने भो पक्का।
बास जिर्ण थ्यो भूकम्पले बाढीले भो तहसनहस
जिन्दगी छ धुजाधुजा गरिब मर्ने भो पक्का।
प्याला बजारी कोही लट्ठ छन् मदिराहरुले
रित्ता छन् पाथी माना गरिब मर्ने भो पक्का।
भिजेका धानका बाला जिस्काउँदै यो भन्छन्
प्रभुको अनुकम्पा गरिब मर्ने भो पक्का।
जा भो दशैँ उतै जा जस्लाई छ खाँचो तेरो
आइस् भने त यता गरिब मर्ने भो पक्का ।