गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारबन्दका कारण जनजीवन प्रभावित, थुप्रै कार्यकर्ता पक्राउ, बन्द पाँच बजे खुल्ने

बन्दका कारण जनजीवन प्रभावित, थुप्रै कार्यकर्ता पक्राउ, बन्द पाँच बजे खुल्ने

August 23, 2015२६९ पटक

काठमाडौं, ६ भदौ । सिमाङ्कनमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति महासंघले आह्वान गरेको नेपाल बन्दले राजधानीसहित मुलुकभरिको जनजीवन प्रभवित भएको छ ।

बन्द सफल बनाउन बिहानै सडकमा उत्रिएका महासंघका तीन दर्जन बढी समर्थकलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

बन्दका क्रममा शान्ति सुरक्षा बनाइ राख्न सरकारले पनि उच्च सर्तकता अपनाएको छ । सडक, मुख्य चोक आदि स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

राजधानीको नयाँ बसपार्क, चाबहिल, सातदोबाटो, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीलेव शान्तिपूर्ण रुपमा प्रदर्शन गरेको महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले जानकारी दिनुभयो ।

अध्यक्ष कुमालका अनुसार बन्द बेलुका पाँच बजेपछि खुल्नेछ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण