गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, स्वास्थ्यकति वर्षकी भइन् रेखा थापा ?

कति वर्षकी भइन् रेखा थापा ?

August 23, 2015४६६ पटक

rekha thapaकाठमाडौं, भदौ ६ – अभिनेत्री रेखा थापालाई भदौ ५ गते विशेष लाग्छ । उनलाई जन्माउँदा आमाले भोग्नुपरेको संघर्ष हरेक जन्म दिनमा सम्झिन्छिन् उनी । उनी १० महिना आमाको गर्भमा बसेपछि जन्मेकी थिइन् । शनिबार ३२ वर्ष टेक्दै गर्दा उनले फेरि आमा सम्झिइन् । ‘आमाले निकै दुःख पाउनुभएको रे, म जन्मिन ढिला हुँदा’, उनले भनिन्,‘९ महिनामै जन्मिनु पर्ने मैले थप एक महिना आमाको गर्भमा भारी दिएको थिएँ ।’

सधैं सामान्य तवरले घरमै जन्मोत्सव मनाउने रेखा योपटक चाहिँ संयोगहरुबीच घेरिइन् । शनिबार बिहानै उठेर उनी जिम गइन् । त्यसपति पशुपतिमा पूजा गर्न । त्यहाँ (पुजारीहरु) बाटै उनलाई ह्यापी बर्थ डेको बर्षा भयो । त्यसपछि सामाजिक सञ्जाल र फेसबुकमा कति–कति । आजको कान्तिपुर दैनिकमा ‘३२ पुगिन् रेखा’ शीर्षकमा खबर छापिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण