गृहपृष्ठ » साहित्यदशैंको बोका (कविता)

दशैंको बोका (कविता)

October 10, 2016४२३ पटक

male-goat

ए दशैंको बोका, ए दशैंको बोका
पाउन थालिस होला है तैंले धोका
तर तँलाई थाहा नहोला
तँलाई डो¥याइ लिनेलाई थाहा छ
झोल र चोक्टा खानेको लिष्ट उसैको हातमा छ ।
मोल, तौलको हिषाब उसैको हातमा छ
तँ पशु होस, डोरी र डोरी समात्नेको भर छैन ।
तँ बुट्यान प्रेमी, तँ ओभानो गोठ प्रेमी
तँ नुन र पोथी बाख्रा प्रेमी ।
उता तँलाई झोल आयो, झोल आयो भनिदैछ
अस्ति नै तेरो मासु सितन भनी आइसक्यो
अस्ति नै खड्गमा सान लगाइदै थियो
तेरो रौंको र भित्राङ्सलाई ठेगान लगाउने योजना पनि भइसक्यो ।
तेरो सानो छदाँको उफाई
ठूलो हुँदाको जुधाई र भालेपन
केवल झालकैे लागि मात्र सीमित रहेछ
तेरा अङ्ग, प्रत्यङ्गको परिकार केके होला ?
तँलाई भन्दा बेहोस हुन्छस ।
तेरै आहारा गरेर रक्सी पिउदा
कत्तिले मात्तिदा आनन्द आउला
तर, कतै बिधङ्स पनि हुन सक्ला
अनि,
बियर हालेको भाँडो टाउकोमा बर्जिन सक्छ
तँ गोठको पशु होस
तर
तेरो महत्व भिन्न छ
तँदेखि प्रायः रमाउछन
तेरो ज्यानको बली देबी देवतालाई चढ्यो
कोहीको ज्यान त्यही सड्छ ।
तँ भाग्यमानी पनि होस
तेरो अंग प्रत्यङ्ग काम लाग्यो
भगवानलाई र मनुष्यलाई बली चढी चढी ।।।

यज्ञराज पण्डित
बडिमालिका नगरपालिका–२ पाटा बाजुरा
फोन. ९८४८५५२४१०÷९७४६०६९०४१

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण