गृहपृष्ठ » बिचार/ब्लगसमाजका मान्छेको सोच नै नकारात्मक !

समाजका मान्छेको सोच नै नकारात्मक !

October 10, 2016४३८ पटक

kamala-josiकमला जोशी 
हाम्रा पुर्खाहरु भन्ने गर्थे ‘झोपडी त बदल्नु तर खोपडी कसरी बदल्नु’ आज यो भनाईको तात्पर्य बुझ्दै छुँ । पक्कै पनि हो मान्छे आजकल झोपडी बदल्नमै जिन्दगी व्यतित गर्छ, गरिरहेको छ तर के यति गरेर प्रगति भएको छ त ? गाउँको सहर, सहरको राजधानी त राजधानीको विदेश पलायन हुने क्रम बढेकै पाउछाँै । जहाँ सुकै पुगे पनि चाहे चन्द्रमामा पुगेर फर्केको होस वा देश विदेश घुमेको दुनियाँ देखेको मान्छेले त आफ्नो मानसिकता परिवर्तन गर्न सक्दैन भने यो समाजको फोहोरी रुप कसरी बदल्न सकिन्छ ? समाजको खोप्टो कसरी बदल्न सकिन्छ ? जति गरेपनि गाह्रो छ, साह्रै गाह्रो छ ।

तपाई हाम्रो सोच विचार कस्तो छ भन्ने मलाई राम्ररी थाहा छ । हाम्रो समाज परम्परा सस्कृति रीतिरिवाज र प्रकृतिको सुन्दरताको खानी छ । यसलाई सकारात्मक रुपमा उपयोग गर्ने पनि यसै ठाउँमा छौँ । तर यसलाई नकारात्मक दुरुपयोग गर्ने तपाई हामी मध्यकै छौँ ।

समाजमा एकाध गिन्तीका मान्छे भेटिन्छन् । उदार स्वभावका थोरै संख्या राम्रो भएर केही उखाड्न सकिदैन । सयौँ दाना कुहिएको फलमा एक दाना स्वस्थको के अर्थ ? दोस्रो दिन त्यो पनि कुहिन्छ । खुल्ला स्वभाव को मान्छे त भेट्नै गाह्रो छ यो समाजमा । अन्ध विश्वास नमानेको भन्दै मुखले झ्याली पिट्नेहरुनै बढी छन र लोभमा लिप्त भेटिन्छन् । हामी नेपाली भनेर भन्न सक्दिन तर सानो समाज हाम्रो सुदूरपश्चिमको हकमा भने ठोकुवा गरेरै भन्न सक्छु । किन भने यहाँ मेरो जन्म भूमि हो, कर्म भूमि हो । जिन्दगीका २४ वर्ष बिताएको खेलेको हुर्केको भूमि हो, त्यसैले मलाई यो समाजको बारेमा धेरै जानकारी छ ।

धर्मका नाममा दबाइएको छ मान्छे लाई, समाजमा बिकृति फैलाएको छ । जातका नाममा दबाईएको छ, अल्पसंख्यक र कमजोर वर्गलाई हरेक पाईलामा पाईला काट्ने हतियार कुरीती बनाईएका छन् । प्रथाका नाममा महिला वर्गलाई दबाईएको छ ।

यहाँ बस्ने तपाई हामी कस्ता छौं ? तपाई हाम्रो सोच विचार कस्तो छ भन्ने मलाई राम्ररी थाहा छ । हाम्रो समाज परम्परा सस्कृति रीतिरिवाज र प्रकृतिको सुन्दरताको खानी छ । यसलाई सकारात्मक रुपमा उपयोग गर्ने पनि यसै ठाउँमा छौँ । तर यसलाई नकारात्मक दुरुपयोग गर्ने तपाई हामी मध्यकै छौँ । हो समस्या हरेकलाई हुन्छ, कसैलाई छाक टार्न मुस्किल छ, कसैलाई जिउ ढाक्न मुस्कील छ, कसैलाई विमार भए उपचार गर्न सम्स्या छ, कोहि स्कुल जान पाएका छैनन् । यी समस्याहरु त सामुहिक रुपमा मिलेर परिवार–परिवार मिलेर वा व्यक्ति–व्यक्ति मिलेर वा समाज–समाज मिलेर पुरा गर्न सकिन्छ ।
यी समस्या समाधान गर्न त्यसै सकिन्न सर्वप्रथम हामीले हाम्रो साधुरो मानसकिताको उपचार गर्न जरुरी छ । आफ्ना ईच्छा आकाङ्कक्षा पुरा गर्न मान्छे आफ्ना पराया भुल्छ । नाता बन्धन र कुटुम्बको वली चढाउछ मान्छे । आफ्नो स्वार्थ पुरा गर्न हजारौँको घाँटी निमोठ्छ, आज आफ्नो समाजमा त आफ्नो प्रगतीको खुसी भन्दा अर्काको प्रगतीमा दुखी हुदै रुन्छ । विकृति र संस्कृति बराबरी छ । राम्रो कुरा जति धेरै छ, त्यतिनै कुसंस्कारले जगडिएको पनि छ यो समाज ।
धर्मका नाममा दबाइएको छ मान्छे लाई, समाजमा बिकृति फैलाएको छ । जातका नाममा दबाईएको छ, अल्पसंख्यक र कमजोर वर्गलाई हरेक पाईलामा पाईला काट्ने हतियार कुरीती बनाईएका छन् । प्रथाका नाममा महिला वर्गलाई दबाईएको छ । गाउँको साहु अनपढ भएपनि मान्ने गन्नेमा पर्ने तर पढे लेखेका दलितलाई उही पुरानै दर्जा दिने, पढेको महिलालाई उही पुरानै दर्जा दिने वर्ग भन्दा पनि जातले मान्छे छुट्याईने समाजले कहिले प्रगतीको फट्को मार्न सक्छ होला खै ? समाजको फट्को मार्न महिला, दलित, अपाङ्ग, कमजोरहरुको एक आवाज हुन जरुरी छ ।

हाम्रो समाज सु–सज्जित छ नयाँ उचाईमा लिनुको साँटो हामी कमजोर माथि प्रहार हुन्छौँ । जति दुख दिएपनि पछुताउदैनौँ । अर्काकै लागि खाल्डा कोर्दा कुनै दिन हामी पनि त्यसै खाल्डामा पर्न सक्छौँ भन्ने पनि हेक्का राखेका हुदैनौँ । मुर्खलाई न दया गर्न मिल्छ न माया गर्न मिल्छ न सहयोग जसले गर्छ उसले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको सोच्दा फरक नपर्ला ।

मान्छेले अरुको खुईरो खन्न समय खर्च गर्नु भन्दा आफ्नो प्रगति तिर चल्न जान्नु पर्दछ । आजको मान्छे आफ्नो भविश्य कसरी सुधार्ने भन्दा पनि अरुको भविश्य कसरी विगार्ने अरुको नराम्रो कसरी गर्ने भन्ने चिन्तामै बौलाउछन । पक्कै हो देखिएको सुनिएको र भोगिएको कुरा हो यो । सहि बाटो हिड्ने र हिडाँउने विरलै भटिन्छन् बाँकी सबै लाछिहरु छन् ।
अर्काकै पछि लागेका देखिन्छन् चिया पसल र होटेल किराना पसलदेखि चोक चोक गल्ली गल्लीमा मान्छे आफु के गर्ने कसरी प्रगति गर्ने भन्दा पनि फलाना यस्तो फलाना उस्तो फलानी यस्ती हो फलानी उस्ती हो बस अरु केही सुनिदैन । सायद दिनभर कुरा गरेर साझा कुराकै छाक टार्छन वा अरु फाईदा के हो यो पनि थाहा छैन तर गल्लीमा बसेर बकम्फुसे गफ लगाउने गफै गफमा कसैको चरित्र हत्या गर्ने गरेमा धेरै फाईदा भएको हुनुपर्छ । लाग्छ जति मान्छे कुराको खेती गरेका देखिन्छन् हाम्रो समाजमा कुराकै व्यापार हुने भए त ति मान्छे सायद संसारकै धनि बन्थे होलान् ।
तर, त्यसो पनि हुन सकेको देखिदैन । देखिन्छ त केवल कुरा गदैमा जिन्दगी कटेको कुढ्यौली लागेको चाउरी परेको र विस्तारै मृत्युको पर्खाईमा पुगेको । कुरा गरेर मेरो यस्तो फाईदा भयो भन्ने कोही किन भेटिदैनन् ? आज यो कुरा भोली अर्को कुरा हरेक दिन नयाँ शीर्षकमा कुरा भएकै देखिन्छन् । उसलाई थाहा हुदैन महिला मेरो परिवारको हिस्सा छ र हो भन्ने वा यो पनि थाहा हुदैन कि भोली म माथि पनि समस्या पर्न सक्छ भन्ने ।
उसलाई त केवल थाहा छ । मान सम्मान र प्रतिष्ठाको खिल्ली उडाउन । यस्तो साँघुरो घेरामा बाँचेकाहरु यहाँ भित्र मेहेनत गर्नेहरु, जिन्दगी सरल बनाउन खोज्नेहरु, आफ्नो खुट्टामा उभिन खोज्नेहरु, साँच्चिकै लाग्छ जिउँदो लास नै भएर बाँचेका हुनुपर्छ । बाहिरी फुर्ति लगाउदै हिड्नेहरु भुल्छन् जसको खुईरो खनियो त्यसैले खुट्किला बनाएर बाँचेको हुन्छन । स्वयं टिका टिप्पणी गर्ने मान्छे ।
हाम्रो समाज सु–सज्जित छ नयाँ उचाईमा लिनुको साँटो हामी कमजोर माथि प्रहार हुन्छौँ । जति दुख दिएपनि पछुताउदैनौँ । अर्काकै लागि खाल्डा कोर्दा कुनै दिन हामी पनि त्यसै खाल्डामा पर्न सक्छौँ भन्ने पनि हेक्का राखेका हुदैनौँ । मुर्खलाई न दया गर्न मिल्छ न माया गर्न मिल्छ न सहयोग जसले गर्छ उसले आफ्नो खुट्टामा आफैले बञ्चरो हानेको सोच्दा फरक नपर्ला ।
आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भन्ने कुरा अनुसार पुराना मान्छे भन्ने गर्थे ‘आफू बाँजै खोकला बाँजै’ हो यस्तै गर्छ मान्छे ‘न आफु बन्छ न अरु बनेको हेर्न सक्छ ।’ हरेकले आफनो बारेमा सोचे आफ्नै बारेमा कुरा गरे लगनशील, मेहनत, धैर्यता र ईमान्दारिताका साथ अगाडी बढेमा ढिलो होला तर सफलताको चुलि पक्कै चुमिने छ ।

हरेक मान्छे अमुल्य छ तर हामी बुझ्दैनौं दुनियाँ नराम्रो देख्ने यी आँखालाई एक पटक सोधौँ त के साँच्चै दुनियाँ नराम्रो हो त ?

के फरक पर्ने हो गालीको सट्टा मिठो बोले ? के फरक पर्ने हो रिसको सट्टा माया गरे ? के फरक पर्ने हो नराम्रो कुरा टिका टिप्पणीको सट्टा थोरै सकारात्मक कुरा गरे ? मान्छे सानो पनि हुन्न, अपाँङ्ग पनि हुन्न, उसको सम्मान पनि खस्किन्न भने किन आफ्नै मुख बिगार्नमा रातदिन कटाउछ मान्छे ? प्रकृतिको अनुपम उपहार हो मान्छे सुन्दर सिर्जना हो, अमुल्य जीवन हो ‘मरेको मान्छे फर्केको इतिहास छैन’ र हाम्रो मृत्यु पनि निश्चित छ र नफकर्नु पनि निश्चित छ ।
यति थाहा हुदाँ हुँदै पनि पवित्र आत्मालाई नानाथरी नकारात्मक सोचाई र प्रवृतिहरुले अशुद्ध पारिरहेका हुन्छौँ । के पूर्वे, के पश्चिमे, के नजिक, के टाढा, समस्या पर्दा आफ्ना भन्दा परायाले हेर्छन । त्यसैले हाम्रा भन्दा राम्रा र भावनात्मक नातामा विश्वास गर्नुपर्दछ । रगतकै नातावालाले हत्या गरेका उदाहरण छन् यहाँ । कतैबाट पनि गोरु बेचेको साईनो नभएकाले जिन्दगी दिएको जिउन सिकाएका उदाहरण पनि तपाँई हाम्रै अगाडी छर्लङ्ग छन् ।
आफ्नो स्तर संस्कार योग्यता क्षमता दक्षता, बुद्धि विवेक र सहनशिलताले मान्छे अगाडी बढेको हुन्छ भने गफमै जिन्दगी विताउने र पावरकै भरमा कुनै ओहदामा पुग्नेलाई के थाहा आफ्नो पद के हो ? यसको महत्व के हो भन्ने कुरा । बस सम्झन्छ एक घर त छँदै थियो अब अर्को घर थपियो । रबैया देखाउँछ घरमा राज गरे जस्तो वाह मान्छे आफ्नो आत्मालाई ठग्नेले दुनिया ठग्न के मान्छ ? यो सृष्टिको हरेक सिर्जना सुन्दर छ हरेक चिज बस्तु अमुल्य छ ।
हरेक मान्छे अमुल्य छ तर हामी बुझ्दैनौं दुनियाँ नराम्रो देख्ने यी आँखालाई एक पटक सोधौँ त के साँच्चै दुनियाँ नराम्रो हो त ? हैन पक्कै पनि दोष हामीमा छ दोषी हामी हौँ । आफ्नो सोच सुधारौँ । हरेक रातपछि विहानी अवश्य आउँछ । हरेक दिनको झुल्केघाम, हरेक समय चल्ने चिसो बतास साँची हुन्छ तपाईले गर्ने सकारात्मक, नकारात्मक गतिविधिहरुको ।

(लेखक कमला जोशी रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलको समाचार शाखामा  कार्यरत हुनुहुन्छ – सम्पादक )

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण