गृहपृष्ठ » राजनीतिदेशभर शान्ति सुरक्षाको अवस्था सामान्यः गृह

देशभर शान्ति सुरक्षाको अवस्था सामान्यः गृह

October 10, 2016३७६ पटक

२४ असोज, काठमाडौँ । गृह मन्त्रालयले देशभर शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार सुरक्षाकर्मी पूर्णरुपमा परिचालित रहेका छन् । केन्द्रबाट सबै जिल्लामा निरन्तर सम्पर्क र समन्वय भइरहेको छ ।

गएराति तनहुँको आबुखैरेनीमा गएको पहिरो बिहान पन्छाइएकाले यात्रु सहजरुपमा आवतजावत गरिरहेको मन्त्रालयले जनाएको छ । विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा सुरक्षाकर्मीको व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण