गृहपृष्ठ » साहित्यपरदेशीको दशै

परदेशीको दशै

October 11, 2016४०१ पटक

बाबा:-
सन्चै छाै बाबू? के छ त खबर? जागिर कस्ताे छ?
याे दशैँ देशकाे हालत ले गर्दा, महँगाे जस्ताे छ ।
खसी त किने, रागा चै पाईन, के गर्ने हाेला खै?
जसरि पनि दशमि सम्म घरमा आउनु है ।।

परदेशी :-
म ठिक छु बाबा हजुर सन्चै? परिवार ठिकै छन्?
नाकाबन्दि र बन्दले गर्दा भा हाेला महँगाे झन् ।
छाड्नुस् भाे राँगा अहिलेकाे बर्ष खसिले चलाउँ काम,
छुट्टी नै पाईन जागिर बाट, कसरी घर आम ।।

आमा:-
ए मेराे छाेरा जसरि पनि दशैमा आउ है घर,
अर्काे साल केथा बाँच्छु कि मर्छु जिवनकाे छैन भर ।
कहिले भुकम्प कहिले बाढि कहिले छ पहिराे ,
भाइ भाईमै देशमा काटमार चल्छ, बाँच्नभाे धेरै डर ।।

परदेशी:-
जागिर बाट छुट्टी नि पाईन अर्काे साल आउला नि,
हजुरकाे हातकाे टीका जमारा अवश्य लाउला नि ।
पिर नमान्नु डर नमान्नु बस्नु ख्याल गरेर ,
अर्काे साल पक्का दशैमा आउछु उमँग भरेर ।।

प्रेमिका :-
ए मेराे प्यारा, पैसा चाहिदैन आउनुस घर फर्केर ,
चाडबाडमा पनि सँगै नहुदा मन रुन्छ धर्केर ।
हर्के र बिर्खे शहर बाट आका छन् दशैमा ,
सबैकाे जाेडि लिँगे पिङ खेल्दा मन हुन्न बसैमा ।।

परदेशी:-
प्रदेशमा एक्लै बस्ने मन कत्ति छैन है मलाई नि,
बाध्यता पर्याे बस्दै छु प्यारि मन नलाई नलाईनि ।
अब त केवल दुई बर्ष कुर आउने छु साथैमा,
किन्दिउला तिम्लाई सुनका बाला सुहाउला हातैमा ।।

बहिनी:-
ए मेराे दादा, दशैत छुट्याे घर आउनु तिहारमा ,
मखमलि फुल राेपिछु माला लाईदिने रहरमा ।
भैलि र देउसि खेल्ने याे रहर त्यतिकै नमराेस ,
दशैमा जस्तै फाेटाेमा टीका लगाउन नपराेस ।।

परदेशी:-
बैनिकाे हातकाे तिनधर्के टीका लाउने छ रहर,
सँगसँगै जाउला देउसिरे खेल्न बुटवल शहर ।
पढाइमा धेरै ध्यान गर बहिनी फेसबुकमा नभुल,
स्याहार गरि फुलाउ है बहिनी मखमलि काे फुल ।।
अर्जुन घिमिर ” सुसार”
दाेहा- कतार

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण