गृहपृष्ठ » मुख्य समाचार, राजनीतिसंविधान कार्यान्वयनका लागि एक ठाउँमा उभिन सबै दलहरुलाई प्रचण्डको आग्रह

संविधान कार्यान्वयनका लागि एक ठाउँमा उभिन सबै दलहरुलाई प्रचण्डको आग्रह

October 11, 2016४३६ पटक

काठमाडौं २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनका लागि एक ठाउँमा उभिन सबै दलहरुलाई आग्रह आग्रह गरेका छन् । दशैका शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समावेशिता, सामाजिक न्यायसहितको प्रगतिशील चरित्र बोकेको संविधानको स्वीकार्यता बढाएर संविधानको कार्यान्वयन गर्ने चरणमा रहेको बताउनु भएको छ । उहाँले राष्ट्रियता बलियो पार्दै संविधान कार्यान्वयन गर्न त्यस्तै एकता र सहकार्य अनिवार्य भएको बताए ।
प्रधानमन्त्रीले भूकम्पको पुनःनिर्माण र राष्ट्रिय नवनिर्माण पनि चुनौतीपूर्ण अवसरका रुपमा उभिएकाले एकता, सहकायबाट चुनौतीलाई अवसरमा बदल्न सकिने र बदल्नुपर्ने बताए । चुनौतीलाई अवसरमा बदल्न दसैँलगायतका सांस्कृतिक पर्वहरुको भावात्मक भूमिका महत्वपूर्ण रहेको तथ्य पनि बिर्सन नहुने प्रधानमन्त्रीको भनाई छ ।
मौलिक पर्वहरुभित्र रहेका सकारात्मक र मानवीय जीवनको प्रगति र विकासका लागि मूल्यवान रहेको तर स रुढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा पुनर्विचार गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण