गृहपृष्ठ » खेलकुद, मुख्य समाचारअन्तिममा गुमायो नेपालले थाइल्यान्डसँगको खेल

अन्तिममा गुमायो नेपालले थाइल्यान्डसँगको खेल

October 11, 2016४७१ पटक

असोज २५ । महिला विश्वकपको एसिया क्षेत्रको छनोटअन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हङकङमा जारी छनोट अन्तर्गत सोमबार सम्पन्न दोस्रो खेलमा नेपाल रोमाञ्चक खेलमा थाइल्यान्डबाट ३ विकेटले पराजित भएको छ।

cricket-team
निर्मला शाहीको अर्को उत्कृष्ट इनिङका कारण नेपालले पुरै २० ओभर खेल्ने क्रममा ८ विकेटको क्षतिमा ७६ रन बनाएको थियो। तर, खेल सकिन आठ बल बाँकी रहँदा थाइल्यान्डले सात विकेट गुमाउदै लक्ष्य पुरा गर्यो।
नेपाली बलरहरूले सुरुमा थाइ ब्याट्सवुमनलाई दबाबमा राखेका थिए। २२ रनको स्थितिमा ५ विकेट गुमाइसकेको थाइल्यान्डले त्यसपछि खेललाई आफ्नो पक्षमा ल्याएको थियो। थाइल्यान्डको जीतमा आठौं विकेटका लागि अविजित २६ रनको साझेदारी भएपछि नेपाल पराजित भयो। थाइल्यान्डले नाजुक अवस्थामा पनि छैटौं विकेटका लागि २० रनको साझेदारी गरेको थियो।
टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालका लागि निर्मला शाहीले उत्कृष्ट ब्याटिङ गर्दै ४ चौकाको सहयोगले ३६ रन बनाइन्। उनले तीन विकेट पनि लिएकी थिइन्। नेपालको इनिङमा उनीबाहेक कसैले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ सरिता मगरले २ र कप्तान रुबिना क्षेत्रीले १ विकेट लिएकी थिइन्।
थाइल्यान्डलाई जीत दिलाउन पुछारमा अविजित २३ रन बनाएकी चानिदा सुथिरुङलाई ‘म्यान अफ दि म्याच’ घोषित भइन्।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण