गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचारकाश्मिर तनाव : बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त जारी

काश्मिर तनाव : बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त जारी

October 11, 2016१७५ पटक

असोज २५ – भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच अहिले पनि जारी छ । पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमाबार बिहानदेखि भिडन्त भएको हो ।

_91750997_b7fbe3b3-b558-40b8-ae22-4badcdef73d2 भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले जनाएको छ । सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ । श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्त इन्स्टिच्युडको यो भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको हो । गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए । त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण