किन मनाएन प्रधानमन्त्रीले दशै ?
काठमाडौं २६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वडा दसैँ टीका नलगाई पारिवारिक जमघटका साथ मनाएका छन् । दिनभर बालुवाटारमा बसेका प्रधानमन्त्रीले परिवारका सदस्यसँग बसेर दसैं मनाएका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले टीका नलगाई आफन्तसँग भेटघाट गरेर दसैं मनाएको उनका उपस्वकीय सचिव पूर्ण कार्कीले जानकारी दिए ।
‘प्रधानमन्त्रीले आफू पनि टीका लगाउनुभएन र अरुलाई पनि लगाइदिनुभएन्’, कार्कीले भने, ‘सामान्य ढंगले परिवारका सदस्यसँग बसेर दसैं मनाउनुभएको छ ।’
दसैंको टीकाको दिन प्रचण्डका आफन्त प्रायः सबै बालुवाटार पुगेका थिए । पारिवारिक भेटघाट सँगै प्रधानमन्त्री प्रचण्डले दसैंको टीकाको दिन पुस्तक पढेर बिताएका छन् । ‘युद्ध सम्बन्धी कुनै पुस्तक पढ्नुभयो तर यकिन यही भन्ने छैन,’ कार्कीले भने ।