गृहपृष्ठ » मुख्य समाचारकैलालीमा झडप एसएसपीसहित ९ जना प्रहरी र केही थरुहट कार्यकर्ताको मृत्यु

कैलालीमा झडप एसएसपीसहित ९ जना प्रहरी र केही थरुहट कार्यकर्ताको मृत्यु

August 24, 2015१६७ पटक

कैलाली, भदौ ७ – कैलालीको टिकापुरमा आन्दोलनरत थरुहटका कार्यकर्ता  र प्रहरीबीचको झडपमा एसएसपीसहित ९ जना सुरक्षाकर्मीको ज्यान गएको छ । ज्यान गुमाउनेमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोराको ज्यान गएको छ ।

ज्यान गुमाउने अरु सुरक्षाकर्मीको नाम खुलेको छैन । ज्यान गुमाउनेमा सशस्त्र प्रहरीका पनि छन् । आन्दोलनकारीले शसस्त्र प्रहरीको उग्रतारा गणमा पनि आक्रमण गरेका छन् ।
झडपमा थरुहटका केही कार्यकर्ताको पनि ज्यान गएको छ । तर संख्या एकीन भएको छैन । खुँडा र भालासहित आएका थरुहटका कार्यकर्ताले निषेधाज्ञा तोडेर प्रदर्शन गर्न खोजेको र त्यसलाई रोक्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका ५५ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केहीदिनदेखि टीकापुरमा राती कर्फ्यु र दिउँसो निषेधाज्ञा जारी हुने गरेको थियो । थारु बाहुल्य क्षेत्रलाई थरुहट राज्यको घोषणा गर्न माग गर्दैै थरुहटले आन्दोलन गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण