गृहपृष्ठ » समचारशुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

October 16, 2016१६७ पटक

उज्यालो सम्बाददाता, असोज । नेपाली कांग्रेस देवदह नगरपालिका वडा नं ३ वडा कार्यसमितिद्वारा शुभकामना आदन–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा सभापति थमबहादुर बुढाथोकीको सभापतित्व, सासंद एवम् नेपाली काग्रेस रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि रज्जाकले नेपाली काग्रेस लोकतन्त्रको खातिर सदैव अग्रपक्तिंमा रहेर सर्घष गर्ने पार्टी भएको बताउनुभयो । साथै उहाले २०६२/६३ को आन्दोलनको जगमा स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको पूर्ण कार्यान्वयनको लागि नेपाली काग्रेस कटिबद्ध रहेको बताउनुभयो । सांसद रज्जाकले देवदह नगरपालिका र समग्र क्षेत्र नं १ को विकासको लागि नेपाली कांग्रेस २०४८ सालदेखि निरन्तर लागि परेको बताउनुभयो ।  उहाले अबको केही दिनमै केरवानी – ढेकावर, बसन्तपुर – मोहनाजोत, भलुही – टटेरा जोड्ने खोलामा पक्की पुलको शिलान्यास गरिने बताउनुभयो । कार्यक्रममा क्षेत्रीय सभापति हिराबहादुर खत्री, महासमिति सदस्य मणिप्रसाद शर्मा, जीवलाल पराजुली, पार्वती न्यौपाने, महाधिवेशन प्रतिनिधि भगवति गैरे, जिल्ला सदस्य दुर्गाबहादुर राना, अकबाल खाँ, बासुदेव रिमाल, पुर्व जिल्ला सदस्य शक्तिप्रशन्न गिरी, रुद्रप्रसाद पराजुली, पूर्व क्षेत्रीय सभापति जगत गिरी, नगर सभापति गुनाखर भूर्तेल, वडा सभापति छविलाल जिसी लगायतले शुभ दिपावली तथा छठ पर्वको अवसरमा  शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा १ जना सहित पुत्र सहित पार्टीका १२ जना जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । नेपाल शिक्षक संघका जिल्ला सहसचिव यमलाल भट्टराईको स्वागत, वडा सचिव वेदबहादुर थापा र नेपाल विद्यार्थी संघ बिद्यार्थी नेता शंकर गिरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण