टीकापुर हत्याकाण्डः भीडन्तमा सशस्त्रका हवल्दार साउदका दुई वर्षीय छोरा पनि मारिए
धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा थरुहट र प्रहरीको भीडन्तमा दुई वर्षीय बालक पनि मारिएका छन् ।
प्रहरीका एसएसपीसहित २१ जना प्रहरी कर्मचारी मारिएको घटनामा दुई वर्षीय बालकको पनि मृत्यु भएको हो । सोमबार दिउँसो भएको भीडन्तमा सशस्त्र प्रहरी हवल्दार नेत्रबहादुर साउदका दुई बर्षीय छोरा टपेन्द्र साउदको गोली लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
टपेन्द्रलाई आफ्नै घरको छतमा सुताइराखिएको अवस्थामा बाहिर चोकमा भीडन्त हुँदा गोली लागेर बालकको ज्यान गएको बताइएको छ । हवल्दार नेत्रबहादुर उक्त समयमा टिकापुरमै ड्युटीमा खटिएका थिए ।