गृहपृष्ठ » स्वास्थ्यमध्यपश्चिममा आँखारोगको समस्या बढी

मध्यपश्चिममा आँखारोगको समस्या बढी

October 17, 2016३७९ पटक

सोमबार, कात्तिक १, २०७३

नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखा परेको छ । सो क्षेत्रअन्तर्गत पर्ने भेरी अञ्चलमा हाल शून्य दशमलव ५७ प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ ।

स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, शून्य दशमलव दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ ।

सो आँखा अस्पतालले वार्षिक एक लाख २० हजार बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका नागरिकमा भने आँखा रोगको समस्या अपेक्षाकृत ओरालो लाग्न सकेको छैन । विसं २०४३ मा स्थापित सो अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा आँखा उपचार सेवा पु¥याउँदै आएको छ ।

कुल १५० श्यया क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।

अस्पतालले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले निःशुल्क आँखा शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविर समेत सञ्चालन गर्दै आएको प्रबन्धक वर्माको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण