गृहपृष्ठ » समचारप्यूठानको जंगलमा एक महिनाको शिशु बेवारिसे अवस्थामा फेला

प्यूठानको जंगलमा एक महिनाको शिशु बेवारिसे अवस्थामा फेला

October 17, 2016१८७ पटक

बिजयसिंह भारती कात्तिक १, प्यूठान । प्यूठानको एक जंगलमा करिव एक महिनाको शिशु (बालक)फेला परेको छ । नयाँगाउँको जसपुर जंगलमा बेवारिसे बच्चा फेला परेको हो ।
स्वर्गद्वारी माइतबाट दशैं मनाएर फर्कंदै गर्दा बिजुली-८ निवासी सिर्जना थापाले आइतबार दिउँसो शिशु भेटाएकी थिइन् । सो शिशुलाई सोमबार उनले प्रहरीको जिम्मा लगाएकी छन् ।

शिशुको स्वास्थ्य अवस्था ठीक रहेको अस्पताललाई उद्धृत गर्दै जिल्ला बाल अधिकार अधिकृत यादप खनालले जानकारी दिए । प्रहरीले आवश्यक स्थलगत अनुसन्धान थालेकाले कानुनी प्रक्रिया पूरा गरी शिशुको हेरचाहको व्यवस्थापन गरिने उनले बताए ।

शिशुलाई अहिले महिला तथा बालबालिका दिवा आवास केन्द्रमा राखिएको छ । शिशु कसको भन्नेबारे केहि नखुलेको र अनुसन्धान जारी राखिएको प्यूठान प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण