उल्टो पर्बत आरोही संजयलाइ जीबा लामिछिनेको नगद सहित सम्मान
उज्यालो १ कार्तिक/ अस्ट्रेलिया महादेशको सर्बाधिक अग्लो सिखर कोजियस्को तथा अफ्रिकाका महादेशको सर्बोच्च सिखर किलिमन्जारो उल्टो हिडेर क्रितिमानी आरोहण गरेका बिस्व पर्वतारोही संजय पण्डितलाइ आइतबार एन. आर .एन का पूर्व अध्यक्ष एबम समाजसेबी जीबा लामिछिने द्वारा पचास हजार नगद सहित सम्मान गर्नु भएको छ ।
होटेल सांग्रिलामा भएको कार्यकममा नेपाललाइ पर्वतारोहणको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षत्रमा चिनाउन उल्लेखनिय भूमिका खेलेको हुनाले उक्त नगद द्वारा सम्मान गरिएको हो । पण्डितले सगरमाथा ,प्राण घातक हिमाल भनेर चिनिने मनास्लु ,आइस्ल्लेंड पिक , यूरोपको एल्ब्रुस ,तन्ज़िनियाको मेरु लगाएत हिमश्रीखलाहरुको आरोहण सम्पन्न गरिसकेका छन् ।
लामिछिनेले आफुले यो सानो सहयोग ब्यक्तिगत गरेको र आगामी आरोहणमा एन. आर .एन तथा आफुले सक्दो सहयोग गर्ने बताउदै थप क्रितिमानी सफलताको लागि पनि सुभकामना दिनुभएको थियो ।
पण्डित नेपालकै उल्टो हिडेर हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन् । उनले यो बर्षको अन्त्य सम्म अन्टारटिकाको उच्च शिखरको आरोहणको तयारीमा रहेका छन् ।