गृहपृष्ठ » समचार, साहित्यअन्र्तक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

अन्र्तक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

October 18, 2016४३२ पटक

कमला अर्याल देवदह कार्तिक २ । उज्यालो लाल्टिन प्रतिष्ठानको अयोजनामा रुपन्देहीको देवदहमा अन्र्तक्रिया तथा दिपावलीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी पब्लिक क्याम्पस प्रध्यापक संघ नेपालका केन्दीय उपाध्यक्ष दुर्गादत्त शर्माले युवाहरु देश परिवर्तनका संवाहक भएकाले युवाहरुले शिक्षाको माध्यमबाट समाजमा सकरात्कम कार्यहरु गर्नुपर्ने बताउनु भयो । उहाले युवाहरु लागुपदार्थ दुव्र्यसनीमा फस्ने गरेको बताउदै युवाहरुले ज्ञान, सिप र शिक्षा आर्जन गरि आत्मनिर्भर बन्न तर्फ  लाग्नुपर्ने बताउनु भयो । त्यस्तै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह क्षेत्र पर्यटकीय क्षेत्र भएकाले देवदहमा रहेका संघ संस्थाले देवदहमा पर्यटक भित्रयाउन मद्दत पुग्ने खालका कामहरु गर्नुपर्ने बताउनु भयो । अधिकृत घिमिरेले युवाहरुको समूह उज्यालो प्रतिष्ठानले सधै सकरात्मक र सरानीय  कार्य गर्दै आएको भन्दै प्रशंशा गर्नु भएको थियो । सोहि कार्यक्रममा उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष अमृत लम्सालले संस्था स्थापना देखि हाल सम्मकोे प्रगति प्रतिवेदन, आय–व्यय विवरण प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष लम्सालले एम्बुलेन्स खरिदका लागि संस्थाले दिपावलीको अवसरमा देउसी भैलो खेल्ने जानकारी गराउनु भएको थियो । प्रतिष्ठानका सदस्य नकुल पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देवदह आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष जीवलाल पराजुली, नेकपा एमाले रुपन्देही क्षेत्र नं १ का इञ्चार्ज धु्रव खरेल, नेपाली कांग्रेसका जिल्ला सदस्य बासुदेव रिमाल, कांग्रेस देवदह नगर सभापति गुनाखर भूर्तेल, एमाले देवदह नगर कमिटिका उपसचिव विष्णु अर्याल, स्वर्णिम सगरमाथा कलेजका अध्यक्ष ऋषिराम सापकोटा, रोहिणी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर रसायलि, नेपाल राष्ट्रिय शिक्षक संगठनका क्षेत्रीय अध्यक्ष लिलावल्लभ भट्टराई, तारा पुञ्ज बचत तथा ऋण सहकारीका रुका सापकोटा, कञ्चन दर्पण पत्रिकाका सम्पादक गणेश डुम्रे लगायतले आ–आफना भनाई एवम जिज्ञासाहरु राख्नु भएको थियो । त्यस्तै शिक्षक खेमानन्द ज्ञवाली, भिम ढकाल, श्याम थापा, रमेश थापा, अञ्जु श्रेष्ठ, जगन्नाथ अधिकारी लगातले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष सुमा डुम्रेको स्वागत र सदस्य कमला अर्यालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा संस्थाका सल्लाहकार डोलराज पराजुलीले कार्यक्रमको समिक्षाका साथै कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण