गृहपृष्ठ » मुख्य समाचार, समचारअपडेट:त्रिसुलीमा बस खस्यो पुरा विबरण आउन बाकी

अपडेट:त्रिसुलीमा बस खस्यो पुरा विबरण आउन बाकी

October 18, 2016२२८ पटक

चितवन, २ कात्तिक । नारायणगढ–मुग्लिन सडकखण्डको दहाखानी गाविस–६ को रिद्धिखोला नजिकै केहीबेरअघि एक यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।

सशस्त्र प्रहरी बल, विपद् उद्धार तालिम केन्द्र कुरिनटारका प्रहरी उपरीक्षक गणेश थापाका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको यात्रु बस साँझ ८ः४५ बजे त्रिशूलीमा खसेको हो ।

बसको माथिल्लो भाग पानी बाहिर देखिएको र घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेको उहाँले बताउनुभयो । बसमा कति यात्रु सवार थिए भन्ने विवरण आउन बाँकी छ । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण