गृहपृष्ठ » अन्तर्राष्ट्रिय, पत्रपत्रीका, मुख्य समाचारअस्पतालभित्रै मुसाले टोकेर शिशुको मृत्यु

अस्पतालभित्रै मुसाले टोकेर शिशुको मृत्यु

August 28, 2015३६० पटक

musaनयाँ दिल्ली, ११ भदौ– दस दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा तनाव सिर्जना भएको छ । उपचार क्रममा आन्ध्र प्रदेशस्थित सरकारी अस्पतालमा राखिएको शिशुलाई अस्पताल शैय्यामै मुसाले टोकेको थियो ।

पिसाबसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको प्रमाणित भएको छ । घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम लापरबाही विरुद्ध अस्पताल प्रशासनको विरोध भएको छ । आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा यो घटना भएको हो ।
अस्पतालले तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी कारबाही सुरु गरेको बताइएको छ । सरकारी अस्पलामा यसअघि पनि लापरबाहीका प्रशस्त गुनासा आउँथे ।
नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण