गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचारआगलागीमा परि वामेलीको दुखद निधन ।।

आगलागीमा परि वामेलीको दुखद निधन ।।

August 5, 2015४६८ पटक

अनिश गैरे वामी गुल्मी ।।
श्राबण २० गते ।।
गुल्मी वामी ३ काफ्लटोला बस्नुहुने ४९ बर्षिय प्रेम नारायण काफ्ले उहाँकी ३८ बर्षिय श्रीमती टिका काफ्ले तथा ९ बर्षिय छोरा प्रेम काफ्लेको न्युजिल्याण्डमा भएको आगलागीबाट दुखद निधन भएको छ । न्युजिल्याण्डमा रेष्टुरेन्ट ब्यबसाय गर्दे आउनुभएका काफ्ले परिबार को आज आगलागीमा परि निधन भएको बैकुण्ठ रायमाझीले उल्लेख गर्नुभएको छ । साथै आगलागीमा परि छोरीहरु २३ बर्षिय तुलसा, १६ बर्षिय मनिषा तथा १२ बर्षिय ममता अहिले सोही ठाँउमा रहेको टिमरु हस्पिटलमा उपचार भईरहेको छ ।बिहान अकस्मात एभरेष्ट रेष्टुरेन्टमा आगलागी हुँदा सोही घट्ना भएको हो । सोही घट्नाले वामेले जनतामा शोक छाएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण