गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, समचार, स्वास्थ्ययसरी मारिएका रहेछन् एसएसपी लक्ष्मण न्यौपाने

यसरी मारिएका रहेछन् एसएसपी लक्ष्मण न्यौपाने

August 28, 2015२९७ पटक

11919110_1042610449125182_1722675498538870923_nटीकापुर, ११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा । भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे । उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन् । ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन् । हात हातमा भाला, लट्ठी, चक्कु बोकेकाको हुल दपेट्दै आइपुग्यो ।
भित्र लुको मान्छेलाई तानेर पिट्दै उनीहरुले बाहिर आँगनमा निकाले । ती प्रहरी उनीहरुसँग जीवनको भिख मागिरहेका थिए । सीताले सहन सकिनन् । क्रुर ढंगले हानिरहको देखेर उनले हात जोडेर बिन्ति गरिन्,‘यसरी नमार्नुस, छाडिदिनुस् ।’

तर उनीहरुले छाडेनन् । लखेटी– लखेटी घरेलु हतियार प्रहार गरेर ती प्रहरीको ज्यान लिए । तिनै व्यक्ति थिए नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने ।
‘जीवनको भिख मागिरेका व्यक्तिलाई छाडिदिनुस, नमार्नुस भनेर बिन्ति गर्यौं’ सीताले त्यस दिनको दृश्य सम्झँदै सुनाइन्, ‘मानेनन्, उल्टै हामीलाई धम्की दिए ।
–नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण