गृहपृष्ठ » मुख्य समाचार, समाजट्रयाक परिवर्तनको विरोधमा स्थानीयद्धारा सडक निर्माण अबरुद्ध

ट्रयाक परिवर्तनको विरोधमा स्थानीयद्धारा सडक निर्माण अबरुद्ध

October 23, 2016४२८ पटक

विश्वराज तामाङ
उदयपुर कात्तिक ७
निर्माणधिन धरान चतरा गाईघाट कटारी हुदै हेटौडा सडक निर्माण अन्तर्गत उदयपुरको पंचावती ४ का स्थानीयहरुले सडक ट्रयाक खोल्न पुगेको सडक डिभिजन कार्यालयको जेसिभिलाई रोेक लगाएको छ ।
सडक योजना सर्भे हुदाँको समयमा योजना एकातिर भए पनि निर्माणको चरणमा आईपुग्दा अर्को तर्फबाट सडक निर्माण कार्य अघि बढाउने प्रयास गरे पछि स्थानीयहरु आक्रोसित हुदै सडक निर्माण अबरुद्ध बनाएका हुन् । उनीहरुले दशै अगाडि पनि स्थानीय अमृतधोज राईको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय उदयपुरमा पुरानै सर्भे अनुसार सडक निर्माणको लागि भन्दै ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरुले आफुले ज्ञापन पत्र बुझाउदा सम्म कुनै सुनुवाई नभए त्यसको कडा प्रतिवाद गर्ने बताउदै आएका थिए, यता शनिवार उक्त स्थानमा सडक निर्माणको लागि पुगेको सडक डिभिजनका जेसिभिलाई उक्त स्थानमा ट्रयाकनै खोल्न नदिई फर्काएको स्थानीय अमृतध्वज राईले जानकारी दिए ।
सडक निर्माणको लागि सर्भेको चरणमा पंचावती गाविसको मौवासी हुदै कटारी जोड्ने सडक विस्तारको योजना भए पनि कार्यान्वयनको चरणमा आईपुग्दा विभिन्न चलखेलका कारण सोहि गाविसको बगपती हुदै सडकले काम गर्न खोजे पछि स्थानीयलेले रोक लगाएका हुन् ।
उनीहरुले पुरानै स्थान (मौवासी) बाट सडक विस्ताको माग राखेका छन्, बगपती हुदै सडक निर्माण हुदाँ धेरै खर्च हुने र राज्यको लगानी धेरै हुने तर स्थानीयलाई सडक विस्तारको उपलब्धी नहुने उनले बताए । यता मौवासी हुदै सडक विस्तार भए स्थानीय विभिन्न पाँच गाविससलाई प्रत्यक्ष लाभ पुग्ने भएकाले स्थानीयको जनभावाना अनुसार काम हुनु पर्नेमा आफुहरुको जोड रहेको राईले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण