गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचार, स्वास्थ्यमलेसियामा देखियो आर्थिक मन्दी ,नेपाली दूतावास भन्छ स्वदेश फर्कने तयारी गर्नुस “

मलेसियामा देखियो आर्थिक मन्दी ,नेपाली दूतावास भन्छ स्वदेश फर्कने तयारी गर्नुस “

August 28, 2015१०४३ पटक

kuala-lumpur-petronas-tower1 सुसान आचार्य /उज्यालो लालटिन मलेसिया, ११ भदौ
मलेसियाको केन्द्रिय सरकारका प्रधानमन्त्री बाट करिब छत्तीस अरब मलेसियन रिङगेट भ्रष्टाचार गरि सरकार संचालन देखि विभिन्न छेत्रमा अपारदर्शीता अनि चरम रूपमा आर्थिक चलखेल गर्दै विभिन्न छेत्र बाट आर्थिक सङ्कट देखिय सङ्गै अन्ततः मलेसिया मा आर्थिक मन्दी देखिन थालेको छ ।
नेपाली नौ लाख सहित करिब पन्ध्र लाख अन्तर्राष्ट्रिय मजदुर काम गर्दै आयका मलेसियामा आर्थिक मन्दी देखिय संगै निकै ठुलो चपेटामा पर्न देखियको छ ।।केन्द्रिय बैंक देखि विभिन्न बितिय संघ सस्था हरुमा समेत पुजिको अभाब देखिय संगै सरकार ले अब बिस्तारै ठुला योजना र आप्रवासी कामदार हटाउने निर्णय गरेको छ ।।निकै ठुलो लगानीमा संचालित उद्योग समेत बन्द हुने अबस्थामा रहेको मलेसियामा सरकार परिबर्तन गरेर नया नेतृत्व नआउदा सम्म आर्थिक समस्या समाधान नहुने जानकारी स्थानिय समाचार माध्यमले दियका छन ।
यसैबीच अहिलेको केन्द्रिय सरकार बाट भएको चरम भ्रष्टाचार को बिरोध गर्दै आगामी २९र३० तारीख सरकार को विरुद्ध मा विपक्षी दल बाट समेत विशाल जनप्रदर्सन गरिन लागेको जानकारी आयको छ ।यता नेपाली दूतावास मलेसिया ले भने मलेसियामा देखियको आर्थिक मन्दीबाट नेपाली कामदार अतिनै मारमा परेको हुदा आफ्नो अबस्थामा बिचार गरि सकभर स्वदेश फर्कने तयारी गर्न सबैमा अपिल गरेको छ ।चरम भ्रष्टाचार बाट देश ठुलो आर्थिक सङ्कट मा फसेको र उन्नति मा आउन धेरै समय लाग्ने हुदा आफ्नो देश फर्कन समेत सुझाब दियका छन ।।केहि समय अधि बाट सरकारी कर मा ६%वृद्धि गरे सङ्गै मारमा परेका अन्तर्राष्ट्रिय श्रमिक अन्ततः बिगत केहि महिना देखि ओरालो लागेको रिङ्गेट को दर बाट अति मारमा परेका छन ।
पेनाङ स्थित एक इलोक्तृक कम्पनीमा अप्रेटर काम गदै आयका गोर्खाका रमेश तामाङ भन्छन् आयको ऋण तिर्नै दुई बर्ष लाग्ने भयो कसरी कमाउनु यहाँ तलब पनि नौसय बाट बढदैन पैसा घटेर बीस पुग्न लाग्यो अब बस्न सकिदैन भन्दै उनले दुखेसो पोखे साहुलाइ आयको ऋण अझै तिरेको छैन जाउ कसरी जाउ नजाउ बाच्नौ गार्‍हो ।।
करिब नौ लाख नेपाली श्रमिक कार्यरत मलेसियामा भरपर्दो र लिखित श्रम सम्झौता बिना नेपाली कामदार मलेसिया पठाउदा नेपाली लाई अतिनै ठुलो समस्या रहेको भनी अब नेपाल सरकार मार्फत तुरुन्तै नया सम्झौता गर्न दबाब दिने नेपाली दूतावास मलेसिया ले जनायको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण