गृहपृष्ठ » बिचार/ब्लग, मुख्य समाचार, राजनीति, समचारकैलालीमा थारुहरुले मान्छे मारेका होइनन्ः शर्मा

कैलालीमा थारुहरुले मान्छे मारेका होइनन्ः शर्मा

August 28, 2015६१८ पटक

janardan-sharma-1काठमाडौं, ११ भदौ– एकीकृत माओवादी नेता तथा सभासद् जनार्दन शर्माले विदेशीको हटलाइन र आदेशमा नचल्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।
नयाँ संविधानको परिमार्जित मस्यौदामाथिको छलफलका क्रममा शुक्रबार संविधानसभा बैठकमा बोल्दै उनले नेपाली जनताको भावना र चाहनाविरुद्धमा नजान नेताहरुलाई आग्रह गरे ।

‘तपाईं शीर्ष नेताहरु कसैको अटलाइन र आदेशका भारमा होइन, नेपालको राष्ट्रियता, अखण्डता र स्वाभिमानलाई केन्द्रमा राखेर निर्णय लिनुस्’, शर्माले भने, ‘जनताको आदेशमा हिंड्नुस्, अरुको आदेशमा होइन ।’

यद्यपि शर्माले नेताहरु कसको हटलाइन वा आदेशबाट प्रभावित हुन खोजेको भन्ने खुलाएनन् ।

शर्माले देशका विभिन्न जाति, क्षेत्र र पिछडिएको समुदायले आफ्नो अधिकारका लागि आवाज उठाइरहेको भन्दै त्यसलाई सम्बोधन गर्न नेतृत्वपंक्ति गम्भीर हुनुपर्ने औंल्याए ।

उनले कैलालीको टीकापुर घटना निन्दनीय भए पनि हत्यामा थारुहरु सहभागी नभएको दाबी गरे । ‘टीकापुरमा भएको घटना निन्दनीय छ’, शर्माले भने, ‘त्यो थारुहरुले होइन, अरुले नै घटाएको घटना हो ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण