बाबुआमाले रक्सि खाएर घर छोडेपछि बालबच्चा विचल्लिमा, सहयोगका लागि सबैमा आग्रह
विनोद डाँगी रोल्पा
बाबाआमाले रक्सि खाएर घर छोडेर हिडेपछि मिझिङ ९ कोइरालखर्कका एक परिवारका बालबच्चा विचल्लिमा परेका छन ।
जाडँ रक्सि धेरै खाने र घरका सन्तानालाइ कुनै वास्ता नगर्ने गरेका कोइरालखर्कका ३६ बर्षिय पुर्ख बहादुर सुनार र ३८ बर्षिय आमा रामसरि सुनारले गएको २ महिनादेखि घर छोडेका छन । आफुहरु ग्वाला गएको बेला साझमा फर्किदा आमा र बाबा घरमा नभएको जेठो छोरा सुरज सुनारले बताउनुभयो । आमाबाबाले घर छोडेर हिडेपछि घरमा रहेका ३ सन्तानहरु अहिले छिमेकिको घरमा सरण परेका छन । आफु अहिले कक्षा ६ मा पढ्ढै गरेको र आमाबाबा यसरि गायब भएपछि भाइबहिनि र आफ्नो पेट पाल्न आफुहरु छिमेकि अंकलको घरमा सरण परेको १६ बर्षिय जेठा छोरा सुरज सुनारले सबैलाइ सहयोग गरिदिन आग्रह गर्नुभएको छ । सुनार अहिले छिमेकि अंकल हिमाल सुनारको घरमा बस्दै आएका छन । अंकल हिमालले पनि आफुहरुले खोजिको लागि प्रयास गरिरहेको बताउनुभएको छ । सुनार दम्पति टाढा नगएको र जाडँ रक्सि सेवन गर्दै ठाउँठाउँ डुलिरहेको तर कुन ठाँउमा छन भन्ने आफुहरुलाइ थाहा नभएको उहाँले बताउनुभयो । छोरा सुरजले प्रहरिमा आफु बुझ्न गएको तर निवेदन लेख्नुपर्ने भनेपछि नसकेर फर्केको बताउनुभयो । पढ्ने उमेरमा आफुहरुलाइ आमाबाबाले बिचल्लि पारेको भन्दै सुरजले आफुहरुलाइ सहयोग गर्न सबैलाइ आग्रह गर्नुभएको छ । अहिले आफुहरुलाई साझ के खाने बिहान के खाने भनेर समस्या परेको उहाँले बताउनुभयो । यता रेडक्रस सुलिचौर शाखाका सभापति गन्ज क्षेत्रिले आफुपनि उत्त ठाउँकै भएकोले यस्ता खालका समस्या निराकरणको लाग सक्दो सहयोग गर्ने र संबन्धित निकायसंग आफुले समन्वय गर्ने बताउनुभयो ।