गृहपृष्ठ » अार्थिकहोटल व्यवसायी संगठनद्धारा रक्तदान

होटल व्यवसायी संगठनद्धारा रक्तदान

October 26, 2016७० पटक

रबिन्द्र प्रताप गुप्ता
भैरहवा, १० कार्तिक । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको आयोजनामा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आफनो दैनिक व्यापार व्यवसायसंगै विभिन्न सामाजिक कार्यहरुमा समेत अग्रसर रहेको संगठनले रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष रामचन्द्र रेग्मीले बताए ।raktadan

संगठनका अध्यक्ष रामचन्द्र रेग्मीको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कार्यबाहक अध्यक्ष दीपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यता, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीको विशिष्ट आतिथ्यता, नेपाली सेना २ नम्बर ग्यारेजन गणका प्रमुख सेनानी सिताराम रिजाल, सशस्त्र सीमा सुरक्षा कार्यालय भैरहवाका प्रहरी नायब उपरीक्षक दर्शन गिरीको विशेष आतिथ्यता, व्यापार संगठनका महासचिव अनिल कुमार ज्ञवाली, सचिव दपर्ण श्रेष्ठ, सह–कोषाध्यक्ष टीकाराम भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका सल्लाहकार लक्ष्मण भण्डारी, प्रख्यात बञ्जाडे लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले रक्तदान पनि अरु दान सरह महत्वपूर्ण पूनित कार्य रहेको बताए । त्यस्तै गरी विशिष्ट अतिथि भण्डारीले होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

raktadan1
कार्यक्रममा होटल व्यवसायी, नेपाली सेना तथा सशस्त्र प्रहरीका जवानहरुले रक्तदान गरेका थिए । उक्त अवसरमा ४१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा संगठनका सचिव लीलाधर भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण