गृहपृष्ठ » मनोरञ्जन‘म तोरीलाउरे टाइपका देउडा बनाउदैन’

‘म तोरीलाउरे टाइपका देउडा बनाउदैन’

October 26, 2016१८७ पटक

11036037_1420285614939222_4718165653419229619_n
विष्णु भट्ट (भूमिराजमाण्डौं –१, सलेना डोटी)
आधुनिक, गजल गायक÷संगीतकार
तपाई संगीत क्षेत्रमा प्रवेश गर्नुभएको कति वर्ष भयो ?
— करीव १५÷१६ वर्ष नै भो । २०६१ सालदेखि पहिलो एल्वम निकालेर निरन्तर यो क्षेत्रमा लागिरहेको छु । पछिल्लो समय शास्त्रीय संगीत सिक्नपट्टी पनि लागेको छु । शास्त्रीय संगीत सिक्दा सिक्दै १०÷१२ वर्ष वितिसक्योे ।

हालसम्म कतिवटा देउडा गीत र आधुनिक गीत गाउनु भयो ?
— देउडाहरु थुप्रो छन् । ४÷६ वटा एल्वम नै पहिला मैले तयार गरेको थिए । त्यसपछि मैले धेरैजस्तो गीतहरु देउडा भाकामा जनचेतनामुलक गाएको छु । आफ्ना उत्पादन गीतहरु मार्फत रेडियोहरुबाट पनि धेरै बज्ने गरेका छन् । त्यस्तै आधुनिक गजलहरु त २५÷३० जती रेकर्डेड भईसके । कति भिडियो पनि बनिसके, कतिपय भिडियो वन्न बाँकी छन् । पछिल्लो समयमा गजल रेकर्डहरु द्रुत गतिमा चलिरहेका छन् ।

अहिलेसम्म गाएका गीतहरु आफ्नै शव्दका हुन् या अरुकोमा स्वर मिलाएर गाउनु भएको हो ?
— एउटा मेरो सौभाग्य भन्नु पर्छ सायद मैले जति पनि गीतहरु गाएको छु ति नेपालका चर्चित गजलकार र चर्चित शब्द लेखकहरुका तथा गीतहरुको शब्द गाउने मौका पाएको छु । डा.कृष्णहरी वराल, सितल कादम्विनी, रुपक वेल्वासे, पुरु लम्साल लगायत चर्चित गीतकारहरुका गीत गाउने अवसर पाइको छु । आफु पनि गीत लेख्छु तर पनि अर्काको गीतहरुमा छुट्टै मजा आउँछ । आफुले लेखेकोमा अझै केही नपुगे जस्तो, अपुग जस्तो लाग्छ तर म रचना गर्दाखेरी प्रायः आफैले गरेको छु । कतिपय कुरामा चित्त नबुझेर संगीतकारहरु पनि आफ्नो संगीत आफैं गर्ने गर्छन ।
तपाँईले आफ्नै शब्दका कतिवटा गीतहरु बनाउनु भो ?
— देउडा गीतहरु त सबै आफ्नै शब्दका हुन र अब एउटा अर्को गीत गर्न कोशिष गर्दैछु । ‘बल्छी हाने पिरतीको भाग माछी भाग, जवानीको तलाउमा लगाइदिन्छु आग’ यो पनि मेरो आफ्नै शब्द हो । मलाई बिशेष लागेको हुने म अझैं पनि तयारी गर्छु । आफुलाई बिशेष लागेको हुने को त आफ्नै शब्द र स्वर आफ्नै दिने गरेको छु ।

तपाँईले धेरै किसिमका गीतहरु गाउनु भएको छ । आधुनिक गीत र देउडा गीतमा के कति फरक पाउनु भयो ?
— देउडा गीत भनेको एउटा संस्कृतिमा आधारित हो । यो एउटा संस्कृति भित्र पर्छ । यो हाम्रो लोक जीवनमा आधारित हुनुपर्छ र आधुनिक गीत भनेको एउटा प्रबिधि÷तरिका हो । जसलाई हामीले सिक्न बुझ्न अति नै आवश्यक छ । संगीत, ताल, मात्रा लगायत सबै कुराहरुको ज्ञान हुन आवश्यक छ आधुनिक गीतमा । तर देउडामा गाउघर तिर संगीतको ‘स’ पनि नजानेकाहरुले गाउदा जति संगीत सिकेकाको मिठास आउछ त्यति मिठास अरुमा आउदैन । देउडा साँस्कृतिक गीत हो भने आुधनिक पूर्बीय शास्त्रीय संगीतमा आधारित, जगमा आधारित संगीत नै आधुनिक गीत हो ।

देउडा गीतमा पछिल्लो समयमा बिकृतिहरु बढ्दैछन भन्ने सुनिन्छ । तपाँई जस्ता नबयुग देउडा गायकले यसलाई रोक्न के गर्नु भएको छ ?
— खासमा भन्ने हो भने त म आफूलाई देउडा गायक भनेर सिंङमा माटो लगाउने पक्षमा छैन । म आधुुनिक गायक, गजल गायकको रुपमा परिचित हुन चाहन्छु । त्यही रुपमा संघर्ष गर्दैछु । मलाई देउडा गायक बनेर संस्कृतिलाई बिशुद्ध पार्नु छैन । मलाई पक्का पनि अहिले जसले ठेक्का लिएका छौं हामी सुदूरपश्चिमेली चर्चित गायक हामी हौं भन्ने तरिकाले आफूलाई त्यो रुपमा स्थापित गर्न खोज्दै छन तर संस्कृतिको बारेमा मलाई लाग्छ, मैले स्नातकोत्तरको अंग्रेजी विषयको शोध पत्र लेख्दा खेरी मैले नेपाली संस्कृतिको थोरै समयमा अध्ययन गर्न पाएको थिएँ । तर देउडालाई मैले राम्रोसंग बुझेको छु । म देउडा गाउछु र बनाउछु भने मैले तोरीलाउरे टाइपका देउडा बनाउदिनँ । म दोहोरीबाट प्रेरित दोहोरीको मेरोडी चोरेर देउडा बनाउदिनँ । देउडा भनेको छुट्टै छ, यसको छुट्टै ताल छ, छुट्टै लय, छुट्टै शब्द छन, छुट्टै अनुभव छ । हाम्रो फरकपन छ देउडामा एउटा संगीत संयोजनमा पनि देउडा छ । पछिल्लो समयमा देउडाहरु छुट्याउनै गाह्रो छन्् । जस्तो मलाई मनपर्ने देउडा गायकहरु भुवन दाहाल, प्रकाश थापाहरुले प्रायः संस्कृति भन्दा टाढा जानु भएको छैन । उहाँहरुलाई सदैव सम्मान गर्छु । पछिल्लो समयका देउडाहरु खासै देउडा होईनन् । चोरिएका लोकगीतहरु, परिमार्जन गरिएका लोकगीतहरुलाई देउडा भन्छन् । यिनीहरु देउडा होईनन् । यिनीहरुमा शून्य प्रतिशत पनि देउडापन छैन । हामी भन्दा अग्रज दाइहरु लगायत हामीहरुले पनि पछिल्लो पिंढीका नबयुग भाई बहिनीहरुलाई देउडाबारे संस्कृतिलाई नछुटाउने गरी प्रस्तुति तथा गीतहरु बनाउन सम्झाउने प्रयास गर्दै आएका छौं ।

शास्त्रीय संगीत सिक्दै हुनुहुन्छ, यसमा चुनौतीहरु के कस्ता आईरहन्छन् ?
— शास्त्रीय संगीतमा चुनौती भन्दा पनि गीत संगीतमा सिकेर लाग्नुपर्छ भन्ने हो । संगीत बुझेर लाग्नुपर्छ भन्ने संस्कारको विकास भएको छ । जस्तो हाम्रो आदरणीय गुरु÷वडागुरु चन्दन श्रेष्ठ, गान्धर्व संगीत पाठशाला उहाँको र उहाँवाटै गुरु चण्डी प्रसाद काफ्लेले सिक्नु भयो । त्यसपछि पछिल्लो समयमा हाम्रा गुरुले उत्पादन गरेजस्तो शिव परियार, राज सिक्देल, जुनु रिजाल लगायत थुप्रो चर्चित गायकहरु निस्कनु भयो । जव शिव दाई नेपाली गायन क्षेत्रमा आउनुभयो उहाँले नेपाली संगीत सिकेर लाग्नुपर्छ भन्ने एउटा संस्कारको विकास गर्नु भयो । एउटा संगीतको धार नै परिवर्तन गर्नु भयो । त्यस्तै राज सिक्देल दाईले पनि केहि रुपमा परिवर्तन ल्याउनुभयो । त्यसैगरी हामी पनि त्यहि रुपमा साधना गर्दैछौं, हाम्रो पनि त्यहि वाटो हिड्ने प्रयास हो र संगीत सिकेर लाग्नुपर्छ भन्ने चेतनाको विकास भएको छ मान्छेमा अहिले संगीत क्षेत्रमा ।
यो संगीत क्षेत्रमा लगानी धेरै प्रतिफल कम भनेर बुझिन्छ, तपाई यसमा कसरी सन्तुष्ट हुनुभएको छ ?
— पक्कै पनि लगानी धेरै र प्रतिफल कम भएकै हो । तर पनि उत्कृष्ट गुण वनाउने हो, राम्रो गर्ने हो, एउटा श्रोताको मन छुने बनाउने हो भने पक्कै पनि थ्यगतगदभ लगायत अन्य ध्भदकष्तभ हरुवाट आम्दानी भइरहन्छ । जस्तो राम्रो गीतहरु प्रायः गरी रेडियोले वजाईदिए वाफत पनि केहि पारिश्रमिक पाईन्छ । त्यसमा राम्रो पनि छ । मञ्च कार्यक्रमहरु पनि पाईरहेको छ भने वाँच्न सजिलै छ कलाकारहरुलाई । हाम्रो जस्तो आधुनिक, पप लगायत यो क्षेत्रमा मञ्च प्रस्तुति राम्रो गर्ने कलाकारलाई राम्रै छ । जुनसुकै देशमा पनि कार्यक्रमका प्रस्ताव छ । समग्र नेपाली आधुनिक संगीत, गजल, गीतमा आवद्ध भएर लागिरहने हो भने कहि न कहि कार्यक्रम पाइरहन्छ । क्षेत्रीय रुपमा शुद्ध रुपमा नेपाली देउडा गाउने कलाकारहरुलाई गाह्रो पनि छ, सजिलो पनि छ । किनकी उनीहरुमा आत्मगौरव हुन्छ मैले हाम्रो संस्कृतिको सम्वद्र्धन गरे, संरक्षण गरे भनेर । त्यस्तो शुद्ध गाउने अहिले सुदूरपश्चिममा कलाकार नहुँदा खेरी मलाई पनि दुःख चिन्ता लागिरहन्छ ।
तपाई लामो समयदेखि गायन क्षेत्रमा लागिरहँदा कलाकारहरुले आफ्नो संस्कृतिलाई झल्काउने गरी देउडा गीत कसरी प्रस्तुत गरेको पाउनु भयो ?
— मैले मेरो गीत ‘भेरी भेरी’ वनाउदा खेरी कालीकोटवाट पाएको मेलौडी हो यो । त्यहाँ फरक तरिकाले गाइएको थियो ‘भेरी भेरी’ भनेर । यो भेरी र कर्णालीको सिमानातिर गाइने दोहोरी खेल हो । त्यसपछि ठाडीभाका ‘अमृत खान्तक विष परेछ मेरा हात’ यो मैले जुम्लाको शुद्ध मेलौडी लिएर थोरै रुपमा मैले डोटेलीकरण गरेको थिएँ । यस्ता कुराहरु जसमा अध्ययन हुनुप¥यो, तर्क दिनु प¥यो, मैले गाएको कुन देउडामा कत्तिको संस्कृतिलाई देखाउन सक्छु, यो गीत, यो ठाउँमा, यो परिवेशको, यो तरिकाले वनेको गीत हो र यो गीतमा यो ठाँउको यो लय छ भनेर म गर्वका साथ भन्न सक्छु । यो ठाउको यो जनजीवन छ भनेर म गर्वका साथ भन्न सक्छु तर कोठाभित्र बसेर संगीत सृजना गरिन्छ, गीत बनाइन्छ । त्यसले गर्दा देउडामा लोक दोहारीमा भन्दा पनि बढी बिकृति आएको छ । के यो नै हो त देउडा ? देउडामा हुनुपर्ने कुरा यही हो त ? देउडामा हुने संस्कृति यस्तै हो त ? प्रश्नहरु उठाउन जरुरी छ । ताकी देउडामा हाम्रो संस्कृति नमरोस । संस्कृतिभित्र हाम्रो सभ्यता अडेको छ । संस्कृति म¥यो भने हाम्रो सभ्यता मर्छ । हाम्रो सभ्यता म¥यो भने हाम्रो अस्तित्व मर्छ । हामी सुदूरपश्चिमेली हौं । हाम्रो भाषा संस्कृति अरु क्षेत्रको भन्दा पनि एकदम गहन छ, गम्भिर छ । एकदम फरक छ । त्यो फरकपन जोगाउनलाई ढिला भइसक्यो अब सबैले आ–आफ्नो क्षेत्रबाट यसलाई अभियानको रुपमा थालनी गर्नु आवश्यक छ जस्तो लाग्छ मलाई ।

तपाईको संगीत क्षेत्रमा या गायन क्षेत्रमा अगाडी बढ्ने योजना के छ ?
— पूर्ण रुपमा मेरा गीतहरु एकदमै धुमधडाकाका साथ रेकर्डिङ्ग हुदैछन । अब मेरो योजना भनेको नेपाली गीत र संगीतको क्षेत्रमा केही फरकपन र केही फरक परीक्षण जस्तो गायक क्षेत्रमा पनि मफरकपन ल्याउने प्रयास गर्ने हो । गीत संगीत सृजनामा पनि केही फरकपन ल्याउन खोजेको छु । त्यसपछिको चरणलाई पनि केन्द्रित गर्नै पर्छ । यो नगरे बाँच्नै कठीन छ । यो मञ्चमा पनि मैले केही कार्यक्रममा केन्द्रित हुनै पछ । पूर्ण रुपमा गजल गाएपनि मञ्च दृश्य चलचित्रहरु सबै संगै लग्ने योजना छ र त्यही रुपमा अगाडी बढेको छु ।
प्रस्तुतीः भूमिराज जोशी
दिपायल, डोटी

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण