गृहपृष्ठ » देवदह विशेषसरकारबाट अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ४० लाख पुगे ।।

सरकारबाट अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ४० लाख पुगे ।।

August 29, 2015३६३ पटक

१२ भदौ, काठमाडौ । सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ४० लाख पुगेको छ । सरकारले पछिल्लो समय विदेशिने युवाको संख्या घटाउने नीति ल्याए पनि ब्यवहारमा लागू हुन सकेको छैन । साउनमा मात्रै ३८ हजार ८१ जना युवा विदेशिएका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ । यो निर्णयसँगै विदेसिने कामदारको संख्या हृवात्तै घट्नसक्ने अनुमान गरिएको थियो । तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको अन्नपूर्ण पोष्टमा खबर छ ।
श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन् ।
यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान गरिएको छ । आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो ।
विदेशिने कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन । वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तब्य खाडी मुलुक र मलेसिया हुने गरेको छ । देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी रहेको छ ।
आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले सरकारले पहल गरेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण