गृहपृष्ठ » मुख्य समाचार, समचार, समाजनवलपरासीबाट एक सय बालबालिका हराए

नवलपरासीबाट एक सय बालबालिका हराए

October 29, 2016४१३ पटक

4कावासोती, कात्तिक । आव २०७० । ७१ देखि नवलपरासीबाट करिब एक सय बालबालिका हराएका छन् ।
नवलपरासीको दलदलेमा जागृति बाल तथा युवा सरोकार केन्द्र नेपाल र दर्जनौँ सहयोगी संस्थाको सहकार्यमा भएको बालिका सम्मेलनमा जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता विष्णुहरि कोइरालाले तीन वर्षमा बालबालिका र महिलाबारे प्रहरी समक्ष आएका घटनाका बारेमा सो जानकारी दिनुभएको हो ।
सो अनुसार आव २०७०÷७१ मा २२ बालिका र पाँच बालक, २०७१÷७२ मा २० बालिका र आठ बालक तथा आव २०७२÷७३ मा २५ बालिका र १३ जना बालिका हराएका छन् ।
बाल अधिकारका क्षेत्रमा अग्रणी मानिएको नवलपरासीमा बालबालिकाको क्षेत्रमा थुप्रै समस्या देखापर्न थालेपछि बालिका सम्मेलन मार्फत त्यसलाई सम्बोधन गर्न खोजिएको युवा सरोकार केन्द्र नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताउनुभयो बेचबिखन, बाल यौन हिंसा, बाल विवाह, बाल श्रम, छोरीका लागि शिक्षा कमी जस्ता कारणले यस्तो अवस्था आएको सरोकार भएकाहरुले बताएका छन् ।

महिला तथा बालबालिका कार्यालय नवलपरासीका प्रतिनिधि शान्ति केसीले संयन्त्र बलियो नहुँदा बालबालिकामाथि हुने जघन्य अपराध रोकिन नसकेको बताउनुभयो । कार्यक्रममा सांसद कृष्ण पौडेलले बालबालिकामाथि हुने हिंसाका घटनालाई संसद्मा समेत उठाएर सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभयो ।

सम्मेलनले सत्ताइसबुँदे नवलपरासी घोषणपत्र जारी गरेको छ । बालिकामाथि हुने हिंसा रोक्ने, दोषीलाई कडा कारबाही गर्नुपर्ने, रजहर र कावासोती घटनाका दोषीलाई उमुक्ति दिन नहुने, पूर्ण रुपमा बालबालिकासँग सम्बन्धित कानुन कार्यान्वयन हुनुपर्ने र नवलपरासी जिल्लालाई बालमैत्री बनाउन सबै जना लाग्ने लगायत विषय घोषणापत्रमा छन् । सम्मेलनमा जिल्लाका एक सय ५० बालिकाको सहभागिता थियो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण