“इन्जिनियर अफ द ईयर को उपाधी पाउने पहिलो नेपाली”
बिनोद पासवान,कार्तिक १३,यु.ए.ई.
मध्यपुर्वका बिभिन्न देशका अन्तरराष्ट्रिय होटेलहरुको संगठन Hotelier Middle East ले बिभिन्न बिधामा उत्कृष्ट ब्यक्ती छनौट गर्ने क्रममा The Middle East Hozpitality Excellence Awards 2016 बाट Hotel Engineer of the Year को लागि केम्पिन्स्की होटेल,अजमान (यु.ए.ई.) का इन्जिनियरिङ्ग बिभाग प्रमुख बसन्त कुमार कुसवाहा लाई सम्मानित गरेको छ । अतिथी सत्कार उद्योगको क्षेत्रमा ओस्कार अवार्ड मानिने यस् पुरस्कार बाट सम्मानित हुने उनी पहिलो नेपाली हुन । केम्पिन्स्की होटेलको उर्जा-लागत कटौतीमा उल्लेखनिय योगदान पुर्याए बापत तथा उच्च ब्यवस्थापकिय कुशलता प्रदर्शन गरेका कारण १७ जना प्रतिस्पर्धीमध्ये उत्कृष्ट छानिएका हुन ।
रौतहट- बंकुल घर भएका इन्जिनियर कुशवाहाले जुद्ध माध्यमिक विद्यालय- गौर बाट एस.एल.सी. सम्मको तथा डिप्लोमा र ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरीङ्ग, पुल्चोक इन्जिनियर क्याम्पस- ललितपुर बाट अध्ययन गरेका हुन ।