गृहपृष्ठ » मनोरञ्जन, समचारगायक प्रमोद खरेलको “संगै जिउने मर्ने कसम” : सुटिङ्ग सम्पन्न

गायक प्रमोद खरेलको “संगै जिउने मर्ने कसम” : सुटिङ्ग सम्पन्न

November 3, 2016१६६ पटक

कार्तिक १८, इटहरी,
नेपालि संगीत क्षेत्रका प्रखर, प्रतिभाशाली तथा चर्चित गायक प्रमोद खरेलको नया म्युजिक भिडियोको सुटिङ्ग सम्पन्न भएको छ । देश भन्दा बाहिर प्रबासमा रहेर पनि संगीतलाई माया गर्दै पछि सम्म यहि क्षेत्रमा लागेर राम्रो गीतकारको सुची मा नाम लेखाउने सपना बोकेका गीतकार रोहित घिमिरेले यो गीतमा सब्द भरेका छन् । मायामा धोका पछिको पिडा भाब झल्किने यस गीतको सब्दहरु रोहितको आफ्नै जीवन घटना हो भने भिडियोमा उनि आफैले पनि जिवन्त अभिनय गरेका छन् ।

14910415_1815497052044063_3531696121037766443_n

पछिल्लो समय सबैको रोजाईमा पर्दै गएको पुर्व क्षेत्रलाई सुटिङ्ग स्थल रोज्दै भेडेटार, धरान र इटहरीमा पूर्वकै टीम संग मिलेर भिडियो सुटिङ्ग गरिएको हो । “संगै जिउने मर्ने कसम” बोलको गीतमा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ भने सब्द रोहित घिमिरे र रमेश श्रेष्ठ को संगीतमा देबेन्द्र नेवाले एरेन्ज गरेका छन् ।

14910329_1815497055377396_351031397157930482_n

उक्त गीतको भिडियोलाई डि थ्री प्रोडक्सन नेपाल, इटहरीले निर्माण गरेको हो भने भिडियोमा कन्सेप्ट तथा निर्देशन सुवास संकल्पको रहेको छ । त्यस्तै रोहित घिमिरे, एलिशा बास्तोला, दिपक श्रेष्ठ र अनु राईको अभिनय, निक बिष्टको छायांकन रहेको छ भने सोम मग्रातिले मेकअप गरेका छन् । केहि सातामै भिडियो बजारमा ल्याउने तयारि भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण