गृहपृष्ठ » कृषि, मुख्य समाचार, समचारपाकिस्तानका ‘चायवाला’ पछि नेपालकी ‘तरकारीवाली’ ले गरिन् तहल्का

पाकिस्तानका ‘चायवाला’ पछि नेपालकी ‘तरकारीवाली’ ले गरिन् तहल्का

November 3, 2016८१ पटक

काठमाडौं, १८ कार्तिक  : सामाजिक सञ्जालमा पाकिस्तानका चियावाला अरशद खानको चर्चा सेलाउन नपाउदै नेपालकी तरकारीवालीको चर्चाले तहल्का पिटेको छ ।
अहिले नेपालकी एक तकारी बेच्ने युवती ‘ह्यासट्याग तरकारीवाली’ बाट इन्टरनेटमा भाइरल भएकी छन् । पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले गोरखा र चितवन जोड्ने पुलमा तरकारी बोकेर हिँड्दै गरेकी ती युवतीको तस्बिर खिचेका थिए ।

tarkariwali
कुशुम श्रेष्ठ नामकी ती युवतीको घर गोरखाको भुम्लिचोक गाविस वाङ्लिङ रहेको बताइएको छ । उनी कक्षा ११ की विद्यार्थी हुन् ।
सामाजिक सञ्जालमा यि युवतीको तस्बिर राखेको केही समयपछि नै ह्यासट्याग तरिकारीवाली ट्रेन्डिङ गरेको हो । तरकारी बोक्दै गरेको र तरकारी बेच्दै गर्दा फोनमा कुरा गर्दै गरेको यि युवतीको तस्बिर भाइरल भएको छ । उनको सुन्दर अनुहारको धेरैले प्रशंसा गरेका छन् । यसविषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि समाचार बनाएका छन् ।

tarkariwali2
यसअघि पाकिस्तानका अरशद खान निलो आँखा तथा आफ्नो लुक्सका कारण इन्टरनेटमा ह्यासट्याक चायवाला नामबाट चर्चामा आए । उनी त्यसपछि फेसनवाला बने अर्थात पाकिस्तानको एक कम्पनीले उनलाई आफ्नो उत्पादनको मोडल बनायो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण