साउदीका राजकुमारलाई जेलभित्र कोर्रा
काठमाडौं, १८ कार्तिक साउदी अरबमा राजकुमारलाई मृत्युदण्ड दिइएको केही सातापछि एक अर्का राजकुमारलाई जेलभित्र कोर्रा हानिएका छ । साउदी नरेशको आदेश अनुसार राजकुमारलाई जेद्दास्थित जेलमा कोर्रा हानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीमाथिको आरोपका बारेमा भने खुलाइएको छैन । उनको नाम पनि खुलाइएको छैन । दुई साताअघिमात्र हत्या अभियोगमा एक अर्का राजकुमारलाई मृत्युदण्ड दिइएको थियो । साउदी अखबार ‘ओकाज’ का अनुसार सोमबार मेडिकल परीक्षणपछि ती राजकुमारलाई जेलमा कोर्रा हानिएको हो ।