गृहपृष्ठ » मुख्य समाचार, समचारबेलबारी हत्या प्रकरण प्रहरीले घटना छुपाउन खोज्यो

बेलबारी हत्या प्रकरण प्रहरीले घटना छुपाउन खोज्यो

November 8, 2016३४१ पटक

विश्वराज तामाङ
बेल्टार कात्तिक १२
उदयपुर बेल्टार सिरवानी ३ की ३४ बर्षिया भिमकुमारी कटुवालको आफ्नै देवरबाट असोज २३ मा उत्तरी मोरङ बेलबारी स्थित बेतना सिमसारमा भएको हत्या प्रकरणमा प्रहरीले सत्य तथ्य लुकाउन खोजिएको आफन्तले आरोप लगाएका छन् ।
हत्या भएको दुई दिन पछि माईती पक्षले भिमकुमारीको सब बेतना सिमसारमा फेला पारेको थियो, हत्या पछि उनका देवर सुबास कटुवालले आफुले भाउजु मारेको स्वीकारेका थिए । यता परिवारले भने उक्त हत्या उनका देवरले मात्रै नभई योजनाबद्ध भएकाले त्यसमा संलग्न अन्य दोषीलाई समेत कार्वाहि गर्नु पर्ने माग राख्दै आएका छन् । हत्यामा संलग्न सुबास नेपाल प्रहरीबाट नौ महिना अघि मात्रै जागीर छाडेका थिए ।
यता भिमकुमारीका पती राजेन्द्र कटुवाल पनि कार्यरत प्रहरी हुन्, राजेन्द्रले भिमकुमारी हुदाँ हुदै कान्छि श्रीमतीको रुपमा लक्ष्मी घिमिरेलाई ल्याए पछि राजेन्द्र र भिमकुमारी विचमा तुष सुरु भएकोले राजेन्द्र र लक्ष्मीकै योजना अनुरुप भिमकुमारीको हत्या भएको माईती पक्षले आरोप लगाउदै आएका छन् ।
हत्या पछि भिमकुमारीको माईती पक्ष र सिरवानीका स्थानीयले असोज २६ गते नाराबाजी सहित इलाका प्रहरी कार्यालय बेल्टारमा दोषी माथि छानविनको माग राख्दै प्रदर्शन गरेका थिए । सो क्रममा स्थितीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।
असोज २७ गते जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक नर बहादुर केसीको उपस्तिथीमा आक्रोसित स्थानीयहरु संग तीन वुदे सहमती गरे पछि स्थिती नियन्त्रणमा आएको थियो । पिडित पक्ष संग भएको तीन बुदे सहमतीको कुनै पनि अंश पुरा नभएकाले यतिबेला प्रहरी माथि गम्भीर शंका गरिएको आरोप लगाएका छन् ।
सो क्रममा परिवारले मृतकको लास जिम्मा लिने, भिमकुमारीको श्रीमान राजेन्द्रलाई हिरासतमा लिएर अनुसन्धान गर्ने र बालिकाको लालनपोषणको लागि राजेन्द्रको सम्पूर्ण सम्पती बालिकाको नाममा गर्ने सहमती गरिएको थियो ।
मृतक भिमकुमारीको ७ बर्षिया एक छोरी छन्, मृतक पति राजेन्द्र प्रहरी सेवामा सिराह जिल्लामा कार्यरत रहे पनि हाल उनी पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा रहेका छन् ।
इलाका प्रहरी कार्यालय बेल्टारमा भएको सहमती अनुसार भिमकुमारीका परिवारले इलाका प्रहरी कार्यालय बेलबारी मोरङमा उनका पति राजेन्द्र कटुवाल, कान्छि श्रीमती भनिएकी लक्ष्मी घिमिरे र सुबास कटुवालको बिरुद्ध भाई छत्रबहादुर खत्रीले किटानी जाहेरी दर्ता गराएका थिए ।
किटानी जाहेरी दर्ता गरे पनि हाल सुबास कटुवाललाई मात्रै पक्राउ गरिएको र राजेन्द्र र लक्ष्मीलाई भने उन्मुक्ती दिने काम भएको भिमकुमारीका भाई छत्रले एक्सप्रेस संग भने ।
घटनाको बिषयमा गम्भीर भएर छानविन गर्नु पर्ने भए पनि प्रहरीले त्यस बिषयमा खास चासो नदेखाएको बेल्टार ३ का वडा नागरिक मञ्चका संयोजक कमल राईले बताए । हामी घटनाको सत्य तथ्या छानविनको माग राख्दै इलाकाा प्रहरी कार्यालय बेलबारी र क्षेत्रीय प्रहरी कार्यालयलमा पुग्दा आफुहरुको मागलाई वेवास्ता गरिएको राईले बताए ।
क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआईजि केशरी घिमिरेले आफु कागजमा जे आउछ त्यसैको आधारमा मात्रै कार्वाहिको लागि अघि बढ्न सक्ने अन्यथा अघि बढ्न नसक्ने गैरजिम्मेबारीपूर्वक प्रतिक्रिया दिएको स्थानीय शम्भु पौडेलले बताए ।
आफन्तले भने मृतक पति राजेन्द्र प्रहरीमा कार्यरत रहेकाले प्रहरीले आफ्नो मान्छेको संरक्षणको लागि अनुसन्धानलाई प्रभावित बनाएको आरोप लगाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण