गृहपृष्ठ » कृषिभाउ घटेपछि सुनको माग बढ्यो, आज पनि भाउ स्थिर

भाउ घटेपछि सुनको माग बढ्यो, आज पनि भाउ स्थिर

August 5, 2015२७० पटक

gold rateकाठमाडौं, साउन २० – बजारमा सुनको भाउ घट्न थालेपछि माग बढ्दै गएको छ । केही दिनअघिसम्म दैनिक ३० देखि ३५ किलो माग रहेकोमा अहिले ४० किलो पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

माग बढेकाले बजारमा सुनको अभाव देखिएको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । आज पनि सुन चाँदीको भाउ स्थिर छ । हिजो जस्तै सुन तोलामा आज ४७ हजार ५ सय र चाँदी ६ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण