गृहपृष्ठ » खेलकुद, मुख्य समाचारम्यानचेस्टर युनाइटेड स्वान्सीसँग पराजित

म्यानचेस्टर युनाइटेड स्वान्सीसँग पराजित

August 31, 2015३४१ पटक
फोटो :एजेन्सी
काठमाडौं : इङ्लिस प्रिमियर लिगअन्तरगत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले अप्रत्यासित हार व्यहोरेको छ ।

उपाधिको होडमा रहेको म्यान युलाई स्वान्सी सिटीले २–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा लिएको अग्रता जोगाउन नसक्दा म्यान यु स्तब्ध हुन पुग्यो ।

पहिलो हाफ गोलरहित बराबरी रहेको बेला दोस्रो हाफको तेस्रो मिनेटमै म्यान युका लागि लुक स्वहाले दिएको पासमा हुवाँ माटाले गोल गरे ।

तर म्यान युको त्यो अग्रता २० मिनेट पनि टिकेन । स्वान्सीले खेलको ६१ औं मिनेटमा आन्द्रे एयुको गोलमा खेललाई बराबरीमा ल्यायो ।

त्यसको ५ मिनेट नबित्दै स्वान्सीका लागि बाफेटिम्बी गोमिजले गोल गर्दै सनसनी मच्चाए । खेलको ६५ औं मिनेटमा भएको यो गोल नै म्यान युलाई हराउन पर्याप्त भयो ।
गएराति नै भएको अर्को खेलमा साउथह्याम्प्टनले नर्विच सिटीलाई ३–० ले स्तब्ध बनायो ।

म्यान युलाई हराएपछि स्वान्सी ४ खेलबाट ८ अंक जोड्दै लिगको चौथो स्थानमा उक्लेको छ । म्यान यु भने ७ अंकसहित पाँचौ स्थानमा छ ।

यो सिजनको शुरुवातका चारवटै खेल जितेको म्यानचेस्टर सिटी १२ अंकका साथ शीर्ष स्थानमा छ भने ९ अंकसहित क्रिस्टल प्यालेस दोस्रो स्थानमा छ ।

annapurnapost.com
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण