अखण्ड बागलुङको माग सहित आज बुर्तिबाङमा निस्कियो मौन जुलुस ।
सागर भण्डारी,भाद्र,१५
बागलुङलाई अखण्ड राख्ने भन्दै जिल्लाभर आन्दोलन चलिरहेको वेला बुर्तिबाङमा पनि आज मौन जुलुस निस्किएको छ ।
जिल्लामा आज दशौं दिन अखण्ड बागलुङको पक्षमा आन्दोलन चलिरहेको छ । यसै सन्दर्भमा बुर्तिबाङमा पनि आज दाङ, सल्यान गईदैन, बागलुङ टुक्राउन पाईदैन, बुर्तिबाङवासी के भन्छ, अखण्ड बागलुङ दे भन्छ । जस्ता नारा लेखिएका प्लेकार्ड सहित जुलुस निस्किएको छ ।
आन्दोलनमा केही दिनसम्म एमाले र एमाओवादीले आन्दोलनमा साथ नदिएको भन्ने थियो तर हिजो देखि दुवै पार्टीका समर्थकहरुले आन्दोलनमा एक्यवद्धता जनाएका छन् । बागलुङलाई दुईभागमा विभाजन गरि दुई भिन्ना भिन्नै प्रदेशमा खण्डित गरिएको भन्दै बुर्तिबाङवासी आन्दोलित भएका हुन ।
जिल्लालाई अखण्ड राख्दै प्रदेश नं. ४ मै रहने गरि सिमांकन गरियोस भन्दै सुरुभएको आन्दोलनमा यहाँका नेपाली काँग्रेस, एमाले, एनेकपा माओवादी, राष्ट्रिय जनमोर्चा आन्दोलनमा सहभागी भएकाछन् । यदपि केही व्यक्तिहरुको अखण्ड बागलुङ भन्दा फरक मत भने यथावत नै रहेको देखिन्छ ।