गृहपृष्ठ » समाचारहरुम्यानचेस्टर चाहेको लिन असफल

म्यानचेस्टर चाहेको लिन असफल

September 2, 2015२०९ पटक

लन्डन– सरुवा बजारको समय सकिन एक दिनभन्दा कम समय रहँदा म्यानचेस्टर युनाइटेडपुनः आफूले चाहेको खेलाडी भित्र्याउन असफल भएको छ।लुइस भान हालप्रशिक्षकको रूपमा आएको पहिलो वर्ष १५ करोड पाउन्ड खर्च गरेको युनाइटेडले यस सिजन पनि मोर्गान स्नाइडर्लिन, मेम्पि्कस डिफे, बास्टिन स्वान्सटाइगर र मोट्टेओ डरम्यानलाई भिœयाउन ८ करोड पाउन्ड खर्च गरिसकेको छ। तर, प्रशिक्षक भान हाल आफ्नो टोलीबाट खुसी हुन सकेका छैनन्।आफ्नो उच्च प्राथमिकतामा रहेका खेलाडी भिœयाउन नपाउँदा निराश बनेका डच प्रशिक्षक असन्तुलित मिडफिल्डको भिडसँग गुजि्ररहेका छन्। टोलीमा फरवार्ड वाइन रुनीलाई दरिलो साथ दिने खेलाडीको अभाव देखिन्छ। विश्वस्तरीय सेन्टर ब्याकको अभाव भोगेको युनाइटेडले गोलकिपर डेभिड डी जियालाई रियाल मड्रिड पठाएको छ।

राम्रो रणनीति बुन्न नसक्दा आइतबार स्वान्सी सिटीसँग २–१ ले पराजित युनाइटेड उपाधि दाबेदार म्यानचेस्टर सिटीभन्दा ५ अंकले पछाडि छ।

लक्षित खेलाडी भिœयाउन नसकेको दबाब कार्यकारी उपप्रमुख इड उडवार्डमाथि परेको छ। भान हालले चाहना पूरा गर्न संघर्ष गरिरहेका ४३ वर्षे उडवार्ड २०१३ मा डेविड मोयेसको समयमा जस्तै दयनीय स्थितिमा छन्।

क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र सेस फाब्रिगासलाई भिœयाउने निर्णायक मोडमा पुगेको युनाइटेडले अन्त्यमा मारोउनी फेलानीमा चित्त बुझाएको थियो।यस सिजन बार्सिलोनाका स्पेनिस फरवार्ड पेड्रो रोड्रिग्वेजसँगको सम्झौता अन्तिम अवस्थामा रहेको भने पनि अन्त्यमा उनी प्रतिद्वन्द्वी क्लब चेल्सीसँग अनुबन्ध भएपछि उडवार्ड अप्ठेरोमा परेका थिए।

गोलकिपर डी जियालाई लिएर रियाल मड्रिडसँग ३ करोड ३० लाख पाउन्डको माग गरेका उडवार्डले सोमबार त्यो भन्दा निकै कममा रियालसँग सम्झौता गर्नुपरेको समाचार आएको छ। डी जियाको सम्झौता एक वर्षपछि सकिँदै थियो।

भान हालको रोजाइमा रहेका रियालका रक्षक सर्जियो रामोसलाई पनि उडवार्ड भिœयाउन असफल भए। यद्यपि उनी सम्झौताको निकै नजिक पुगेको बताइएको थियो।

एन्जेल डी मारिया, रोबिन भान पर्सी र जाभियर हर्नान्डेजलाई बेचेको युनाइटेडले बेल्जियन मिडफिल्डर एडनान जानुजाजलाई ऋणमा बोरुसिया डर्टमन्ड पठाएको छ। यद्यपि युनाइटेडसँग अग्रपंक्तिमा रुनीको विकल्प नहुँदा सिजनमा राम्रो सुरुआत गर्न सकेको छैन।

त्यसका लागि भान हाल र उडवार्डले मोनाकोका फ्रेन्च स्ट्राइकर एन्थोनी मार्टियललाई भिœयाउन लागिपरेका छन्। युवा खेलाडी मार्टियलले गत सिजन ९ गोलमात्र गरेका छन्।

म्यानचेस्टर सिटीले रहिम स्टर्लिङ र केभिन डी ब्रुनेलाई भिœयाएको अवस्थामा युनाइटेडले १९ वर्षे युवा प्रतिभालाई पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनले रोनाल्डो र रुनी जन्माएजस्तै मार्टियलको प्रतिभा प्रयोग गर्न सक्छ। यद्यपि युनाइटेडले खेलाडी स्थानान्तरणको अन्तिम अवस्थासम्म पनि उल्लेख्य सम्झौता गर्न सकेको छैन।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण