गृहपृष्ठ » समचारचौथौ बृहत रक्तदान कार्यक्रम सम्पन्न

चौथौ बृहत रक्तदान कार्यक्रम सम्पन्न

December 10, 2016१२५ पटक

सोतन्त्र नेपाल, मंसिर २५ /बुटवल । नेपाल मगर युवा संघ, नगर समिती देवदहको आयोजना र भलुही मगर समाज, भलुहीको सह-आयोजनामा जनप्रिय मा. वि भलुहीको प्राङ्गणमा चौथौ बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ” जती धेरै रगत त्यती धेरै जीवन” भन्ने मुल नाराका साथ सम्पन्न कार्यक्रममा बोल्दै नेपाल मगर समाज महिला संघ रुपन्देही जिल्ला सदस्य सोभा थापाले रक्तदान जस्तो महान कार्यमा प्रत्येक घरबाट सहभागी हुनुपर्ने बताउनुभयो।15424561_1127645660667746_1488525678_n त्यस्तै भलुही मगर समाजका अध्यक्ष चित्र बहादुर थापाले संसारकै सबै भन्दा ठुलो दान नै रक्तदान रहेको हुँदा बिशेष त युवाहरुमा सहभागीताको अनुरोध गर्नु भयो। सो अवसरमा बोल्दै जनप्रिय मा. वि भलुहीका निवर्तमान बिद्यालय व्यवस्थापना अध्यक्ष केशब प्रसाद पराजुलीले स्थानिय संघ सस्थाले आपासी समन्वय र सहयोगमा रक्तदान गरे अधिक्तम रक्तदान हुन सक्ने हुँदा समन्वयको लागि अनुरोध गर्नु भएको थियो भने रक्तदानले रक्तदाताहरुमा पनि फाईदा हुने हुँदा, रक्तदानको बारेमा बिशेष जानकारी सम्पूर्णमा हुनुपर्ने नेपाल मगर संघ देवदहका सचिव एवं युवा समाजसेवी जसु पुन मगरको धारण रहेको थियो। उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देही, आदर्श युवा क्लब भलुही, बुद्ध युवा क्लब भलुही लगायत स्थानियहरुको सहभागीता रहेको रक्तदान कार्यक्रमबाट ५७ पोका रगत संकलन भएको कार्यक्रमका सहजकर्ता एवं नेपाल मगर युवा संघ नगर समिती देवदहका सल्लाहकार श्याम थापाले जानकारी गराउनु भयो। नेपाल मगर युवा संघ नगर समिती देवदहका रवी आलेको अध्यक्षता र नविन थापा मगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन  संघका सह- सचिव रिम थापा मगरले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण