गृहपृष्ठ » देवदह विशेष, समचार, समाजगौशाला निर्माणको लागि भुमीपुजा सम्पन्न

गौशाला निर्माणको लागि भुमीपुजा सम्पन्न

December 14, 2016३६९ पटक

केशब पराजुली/मङसिर २९, देवदह ।  देवदह भलुहीलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्दै देवदह क्षेत्रको आन्तरिक एबम बार्ह्य पर्यटन बिकासका लागि प्रयास गर्ने कुरा व्यक्ताहरुले बताएका छन। देवदह भलुहीमा सिद्देश्वरी शिवालयधाम रोहिणीनगर गौशाला निर्माणको लागि आज आयोजित भुमीपुजाको अवसरमा सम्पन्न एक कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले  स्थलमार्ग हुँदै आउने आन्तरिक र बाह्य पर्यटकहरु एबं बौद्ध भिक्षुहरुलाई बस्ने स्थानको उचित ब्यवस्थापन गर्नको लागी नगरपालिकाले समेत आयोजना बनाएको घिमिरे ले जानकारी दिनु भएको छ। सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं एकका क्षेत्रिय सभापती हिरा15400578_1802116503381762_3954871684500754644_n के.सी.ले गौशाला निर्माणले पुरातात्वीक महत्वका साथै स्वाथ्य क्षेत्रमा सुधार र औधोगिक विकासमा राम्रो योगदान पुर्याउने विश्वास ब्यक्त गर्नु भएको छ। सो अवसरमा स्वामी सोमराज महाराजले गौमन्त्रबाट शरिरमा रहने अनेकौ रोगको निदानको लागी रामबाण हुने कुरा प्रयोगात्मक तरिकाले देखाउनु भएको थियो। त्यस्तै देवदह उधोग बाणिज्य संघका अध्यक्ष तथा महाकाली मन्दिर सित्तलनगरका अध्यक्ष गोपाल ढकालले गौशाला निर्माण सम्पूर्ण मानवजीवनमै अतिनै उत्तम कामको थालनी भएकाले भन्दै आफ्नो तर्फबाट एघारहजार एकसय एघार रुपैया दान गर्नु भएको थियो। कार्यक्रममा शिवालय मन्दिरका अध्यक्ष होमलाल सापकोटा, देवदह नगर विकास समितीका अध्यक्ष डिल्लीराज मरासिनी, मारवाडी सेवा समाज बुटवलका अध्यक्ष मनोज मित्तल, नेकपा एमाले जिल्ला सदस्य सिद्धिचरण भट्टराई, जनमोर्चाका हरी केसी, भलुही बजार समितीका अध्यक्ष राम प्रसाद सापकोटा, नेपाली काँग्रेस जिल्ला सदस्य बासुदेव रिमाल, साझेदारी बन का कार्यसमिती सदस्य गम बहादुर, समाजसेवी नारायण गौतम, केशव भट्टराई लगायत दर्जनौ सामाजिक अगुवा तथा सर्वसाधारणको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण