गृहपृष्ठ » बिचार/ब्लगकहाँ छ मानबता? कहाँ छ मानव अधिकार र मेरो देश ?

कहाँ छ मानबता? कहाँ छ मानव अधिकार र मेरो देश ?

December 14, 2016२४० पटक

अर्जुन घिमिरे /मङ्सिर २९, दोहा, कतार।  काभ्रे सानो वाङथली–७ की ३३ वर्षीय लक्ष्मी परियार लाई बाेक्सिकाे आराेपमा स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा डोरीले बाँधेर मलमूत्र खुवाई निर्घात मरणासन्न हुनेगरि कुटपिट गरिएकाे र शुक्रबार मृत्यु भएकाे साथै साे घटना लाई प्रहरी प्रशाशनले समेत ढाकछाेप गरेकाे समाचार फेसबुकका भित्ताहरुमा र केही अनलाइन मिडियाहरुमा देख्न र सुन्न पाइयाे । याे घटना काे जति निन्दा गरे पनि कम हुन्छ । एकातर्फ ६८ औ मानबअधिकार दिवस मनाइदै छ उता मानव लाइ पशुवत ब्यवाहार गरि मलमुत्र खुबाउदै अन्धबिश्वासमा लागेर बाेक्सिकाे आराेपमा कुटिन्छ मारिन्छ । कहाँ छ मेराे देश ? कहाँ छ मानबता?? कहाँ छ मानव अधिकार ??महिला, दलित, पिछडा बर्ग लाई अधिकार सम्पन्न गराउने भन्दै अझ भनाै समग्र समाज रुपान्तरण गराउने नाममा सयाैँ सँघ सँस्थाहरु NGO INGO , राजनितिक पार्टि, मानव अधिकार कर्मिहरु लगायत नभएका हाेईनन तर ती सब कसका लागि? के का लागि । समाजमा घटेकाे घटना दलित समुदायकाे मात्र हाे? अन्य समुदायकाे समान दायित्व छ कि छैन ?हिन्दु जागरण ले हिन्दु धर्ममा बाेक्सि नहुने र मलमुत्र खुवाउने धर्म सँगत छैन भनेर भनिरहदा किन दाेषिलाइ कारबाहिकाे लागि पहल गर्न अग्रणि भुमिका   निर्वाह गर्दैन ?? किन दलित समुदायकाे मात्र मुख ताकिन्छ ?? हाे याे घटना दलित समुदायमाथि घट्याे तर पराेक्ष ( आन्तरिक) रुपले जातिय कारणले नै घटेकाे भए ता पनि प्रत्यक्ष रुपमा हेर्दा याे घटनामा जातियता काे गन्ध आएकाे छैन मृतक लक्ष्मि लाई दलित भनेर कुटिएकाे हाेईन बाेक्सि भनेर कुटिएकाे हाे भने याे घटनालसमग्र समाजकाे हाेईन ?? हाे भने किन चुप छ समाज । भाेलि अरु कसैले पनि गैर दलित लाई बाेक्सिकै आराेपमा कुटे भने याे समाज चुप लागेर बस्छ कि बुर्कुसी मार्छ ?? आखिर जसकाे लाठि उसैकाे भैँ स हाे त मेराे समाज ?? कहाँ छ कानुन ?? कहाँ छ प्रशाशन ?? के चाहन्छ मेराे देश र समाज ?? एउटा अपराधि जन्माउदै छ फेरि पनि ?? के अपराधकाे बदला अपराध नै चाहेकाे हाे त ?? याे समाजकाे घटना हाे सामाजिक घटना हाे । यसलाइ समाजका हरेक जातजाति , समुदाय र पक्ष मिलेर निराकरण गरिनु पर्दछ । दाेषिउपर कडा भन्दा कडा कारबाहिकाे माग गर्नु पर्दछ । अपराध गरिसकेपछि काेहि पनि बाउ, छाेराे, नाति , सन्तान वा नाता गाेता अझ भनाै कुनै जाति समुदाय काे प्रतिनिधि हुदैन उ अपराधि हुन्छ । अपराधि काे जात धर्म पहिचान हुदैन उसकाे पहिचान अपराध सँगै गुमेकाे हुन्छ । आउनुस एक अपराधिलाइ सजायकाे कठघरामा उभ्याउन र पिडित परिवार लाई उचित क्षतिपुर्ति सहित न्याय दिलाउन  सम्पुर्ण न्याय प्रेमि नेपाली जनता एकजुट हाेऊँ ।।

 

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण