गृहपृष्ठ » साहित्यकविता – मेरो देशको भबिष्य

कविता – मेरो देशको भबिष्य

December 14, 2016३६० पटक

-अभिषेक तिवारी 

देशको सुरक्षामा सैनिक खटिए भन्दा पनि बढि
सन्तानको सुरक्षामा बाबुआमा खटिए भन्दा पनि बढि

तिम्रो सुरक्षामा म पागल खटिए भन्दा पनि बढि
पुर्ब मेचिदेखी पश्चिम महाकालीसम्म
यत्रतत्र खटिएका छन
उनिहरु
आफ्नै सुरक्षामा
तर अहँ
कत्ती सुरक्षित छैनन
उनिहरु
म नदिमा कबिता देख्छु
र लेख्छु
उनिहरु तिर्खाको औषधि देख्छन
र पिउछन
म रोटिमा प्रोटिन देख्छु
र खान्छु
उनिहरु भोकको औषधि देख्छन
र अघाउछन
उनिहरु
दिनभरी भद्र भलादमी हरुको
आतंक बाट आजित हुँदै हुँदै
सुर्य पनि निदाउछ
तब बल्ल उनिहरुको
जिन्दगी सुरु हुन्छ
म आफै भने गर्छु कि
भगवानले हामिलाई बनाएको हो
तर म मूर्ख
भगवान बस्ने घर बनाउदै हिडिरहेको छु
तर
मेरो मगजमा यत्ती आएन कि
मैले बिचरा उनिहरुको लागि
घर बनाइदिएको भए
म स्वयं भगवान कहलिने थिए
उनिहरुको नजरमा
हो म त्यति बेला पनि स्तब्ध भएको थिए
जतिबेला
यो आकाशको छानो र पहाडका भित्ताहरु
भएको ठुलो घरमा बस्ने
उनिहरु मध्यकै एकजनाले
कतैबाट आमा आमा भन्ने शब्द सुनेकै भरमा
संकाको आधारमा
एउटि महिलाको अगाडि उभिएर
सोधेको थियो
के आमा तपाइको नाम हो ??
कृपया एकपटक
यो बन्द कोठा र बन्द सोचबाट
बाहिर निस्केर हेर्नुस त
छरपस्ट देख्न सकिन्छ
माथिबाट नाकको सास

तलबाट गुरुत्वाकर्षण बलले
एकआपसमा तानिरहदा
नाक भित्रै पस्ने या भुइमा खस्ने
दोधारमा झुन्डिरहेको नाकको सिगानलाइ
पाखुराले पुस्दै
चोक चोकमा
गलि गल्लिमा
नाङ्गै बुङगै
भोकै प्यासै
दौडिरहेका उनिहरु
अहँ खाते होइनन्
मेरै देशका भबिस्य हुन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण