भुल्के मा. वि.ब्यवस्थापन समिती गठन प्रक्रिया शुरु
केशब पराजुली, मङ्सिर ३० /भलुही । तिलोत्तमा नगरपालिका वडा नं.१६ भूपू सैनिक को भुल्के माध्यामिक विद्यालय मा विद्यालय ब्यवस्थापन समिती गठन प्रक्रिया शुरु भएको छ । विद्यालयका अभिभावकहरुको भेला तथा वि.ब्य.स.छनौट सहयोग समिती का संयोजक एवं मणिग्राम श्रोत केन्द्रका विद्यालय निरिक्षक चन्द्र कुँवर र तिलोत्तमा नगरपालिका वडा नं.१६ की वडा सचिव मिरा केसी को रोहवरमा भेलामा अभिभावकहरुले तुल ब.मकवानी, प्रेम कनौजे, कल्पना बुढामगर र कोपिला सुनार लाई छनौट गरेका छन् । छनौट सहयोग समितीका सदस्य तथा विद्यालयका प्रअ को स्वागत तथा शिक्षक गणेश न्यौपानेको संचालनमा भएको भेलामा गणेश आधारभूत विद्यालयका वि.ब्य.स.अध्यक्ष गौरीकान्त पौडेलले नवगठित वि.ब्य.स. सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको विद्यालयले जनाएको छ ।